इलाम सुलुबुङका डोलबहादुरको मलेसियामा मृत्यु

इलाम, १९ असोजः इलामका एक युवाको मलेसियामा गए राती मृत्यु भएको छ । सन्दकपुर गाँउपालिका वडा नम्बर ३ साबिक सुलुबुङ ६ माबु जाने बाटो लुरिङटार माथीका ४३ बर्षीय डोल बहादुर लुम्रे मगरको मृत्यु भएको हो । १० बर्ष पहिलाबाट रोजगारीको सिलसिलामा मलेसिया बसेका मगरलाइ घरहुदा नै क्षयरोगको सामान्य लक्ष्य देखा परेको मृतकका श्रीमतीले  जनाएकी छिन् । 
असोज १८ गते बेलुका अचानक बिरामी परेका मगरलाई  कोठामा बसेका साथीले अस्पताल पुर्याएका थिए । असोज १५ गते श्रीमतीसँग फोन सम्पर्क गरेर दशै पछि घर आउने भएकाले खर्च नपठाउने कुराकानी भएको जनाइएको छ । श्रीमती र एक छोरा रहेका मगरको क्षयरोगकै कारण मृत्यु भएको हुन सक्ने परिवार श्रोतले जनाएको छ । सबलाई नेपाल ल्याउनका लागि प्रकृया अगाडी बढाउन थालिएको वडा सदस्य हरी लुङगेलीले बताएका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता