दशैँ टीकाको दोस्रो दिन स् मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम जारी

काठमाडौँ, २२ असोज। विजया दशमीको शुभसाइत हिजै सकिए पनि टीका लगाउने क्रम आज एकादशीका दिन पनि जारी छ ।
दशैंको टीकाको दोस्रो दिनका रूपमा आज पनि मान्यजनबाट टीका थापेर आशीर्वाद लिने क्रम जारी छ । कतिपय स्थानमा कोजाग्रत पूर्णिमासम्मै पनि टीका लगाउने चलन छ भने कतिपय स्थानमा टीकाको मूल दिन मात्र टीका लगाउने चलन छ ।
आजको दिन पनि घरमा विधिपूर्वक राखिएको जमरा र टीका देवी दुर्गालाई चढाई मान्यजनको हातबाट टीका, जमरा तथा आशीर्वाद लिने चलन पुरानै हो ।
असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजय भएको खुसियालीमा दशैं मनाउने चलन चलेको पौराणिक मान्यता छ । यस्तै, हिन्दु तिथीको ११ औं दिनलाई एकादशी भन्ने गरिन्छ । यो दिन व्रत बस्ने, फलाहार मात्र सेवन गर्ने चलन छ ।
दुर्गा भवानीको अर्चना गरिएको नवरात्रपछि पर्ने यो एकादशीको नामअनुसार पाप गर्नेलाई नाश गर्ने एकादशीका रुपमा प्रख्यात छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता