इलाममा तीन दिने इस्ट टुरीजम फेस्टीबल हुने


इलाम, २७ असोजः भिजिट नेपाल २०२० लाई लक्षित गर्दै इलाममा इलाम नगरपालिकाको आयोजनमा इस्ट टुरिजम फेस्टीबल हुने भएको छ । आगमी चैत्र मसान्त देखि २०७७ साल बैशाक २ गते सम्म तीन दिने इस्ट टुरिजम फेस्टीबल हुन लागेको हो । पर्यटक स्थलहरुको प्रचारप्रसार गर्ने उद्देश्यका साथ हुन लागेको हो । इलाममा रहेका पर्यटन सम्वन्धी काम गर्ने विभिन्न संस्थाहरुलाई समन्वय गरेर नगरपालिकाले ५१ सदस्य आयोजना मुल अयोजक समिति बनाएको छ । 
सोमबार इलाम नगरपालिकाले पत्रकार सम्मेलन गर्दै फेस्टीबल हुने कुरा जनकारी गराउँदै इलाम नगरपालिकाका नगर प्रमुख महेश वस्नेतले इलामको पर्यटन प्रवर्धनका लागि नगरपालिका सधै लागि रहने पनि वताए ।   उनले इलाम नगरपालिकाले फेस्टीवलको लागि दश लाख छुट्याएको पनि बताए । अन्य आर्थिक स्रोत सरोकारवाला विभिन्न सरकारी तथा गैर सरकारी निकायबाट जुटाउने पनि वताए । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता