ताप्लेजुङमा पाथीभरा म्याराथन तथा मेची पर्यटन महोत्सव हुने

ताप्लेजुङ । ताप्लेजुङमा आगामी फागुनमा पाथीभरा म्याराथन तथा मेची पर्यटन महोत्सव हुने भएको छ । पाथीभरा मन्दिरसहित पूर्वका धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटकीय क्षेत्रको प्रचार–प्रसार गरी पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित फागुन ९ देखि १३ गते सम्म म्याराथन तथा महोत्सव हुन लागेको हो ।

पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवद्र्धन समिति र पाथीभरा क्षेत्र विकास समितिको आयोजनामा महोत्सव हुनेछ ।

पाथीभरा मन्दिरमा १० वर्षअघि वार्षिक ५० हजारको हाराहारीमा धार्मिक पर्यटक आउने गरेकोमा अहिले वार्षिक ४ लाखभन्दा बढी पर्यटक आउने गरेको मन्दिर क्षेत्र संरक्षण तथा संवद्र्धन समितिले बताएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता