अन्तुमा पर्यटकको घुईँचो, सोचे जस्तो होमस्टे नभएको पर्यटकको गुनासो

  • विनय तिम्सीना

इलाम, २० कर्तिक । सूर्योदय र सूर्यास्तको दृष्यका लागि देशकै पहिलो गन्तब्यका रुपमा परिचित श्रीअन्तु धेरै पर्यटकहरुको पहिलो रोजाईमा पर्ने गरेको छ । तराईभन्दा नजिकै र सडकको सहजताका कारणपनि श्रीअन्तु धेरै पर्यटकहरुको पहिलो रोजाई बन्ने गरेको हो ।
नेपालका एकसय पर्यटकीय स्थलहरुमा पर्न सफल सूर्योदय नगरपालिकामा रहेको श्रीअन्तुमा वर्षेनी हजारौ पर्यटक पुग्ने गरेका छन् । अहिले मनमोहक अन्तु डाँडामा सुर्योदय र सुर्यास्त अवलोकनको लागि आन्तरिक तथा बाहृय पर्यटकहरुको भिड लाग्ने गरेको छ ।
सूर्योदय नगरपालिकाको केन्द्र फिक्कल बजारबाट १४ किलोमिटर पूर्वमा रहेको श्रीअन्तुमा सडक, संचार र खाना बस्नका लागि उल्लेख्य होमस्टे संचालनमा छन् । धरानबाट इलाम घुम्न आएका राजु गौतमले भने, ‘अन्तुत घुम्नको लागि रमाईलो लाग्यो तर यहाँ आएर होमस्टेको वसाई भने सोचेजस्तो भएन यहाँ होमस्टे भनेर होटल चलाएको देख्दा दुख लाग्यो ।’
अन्तुको विकासका लागि समितिले गुरु योजना समेत तयार गरेको उनले बताए । वरिपरि चियाबारी, सल्लाका सुरिला रुखले वरिपरिवाट घेरिएको यस क्षेत्रमा पुग्दा साँच्चै स्वर्गीय आन्नद प्राप्त हुने गरेको पद यत्री राजिव हलुवाईले बताए ।
अन्तुमा पोखरी समेत छ । पोखरीमा डुंगा सयर र पोखरीको बिच भागमा बसेर सेल्फी खिच्नु पनि धेरै पर्यटकहरुको रोजाईमा पर्ने गरेको छ ।
अन्तु सूर्य पर्यटनमा मात्रै सीमित छैन । यहाँ अरू ठाउँको मौसममा जो यहाँ आउँछ, उसले मात्रै अनुभव गर्छ प्राकृतिक, ऐतिहासिक र हावापानीका हिसाबले अन्तु त्योभन्दा बढी आकर्षक रहेको छ । दृष्यावलोकनका लागि अन्तुडाँडामा बनाइएको टावरबाट मात्र होइन, वरपरबाट पनि सूर्याेदय र सूर्यास्त अत्यन्त आकर्षक देखिन्छ ।
यहाँ घुम्न आउने पर्यटकहरुलाई खान बस्नका लागि तीन दर्जनभन्दा बढी होमस्टे संञ्चालनमा रहेको स्थानिय रुद्र घिमिरेले बताए । गएको असोज-कात्तिक यता मात्र पनि यहाँ ४० हजारभन्दा बढी पर्यटकहरु आएको उनी बताउँछन् ।
यस पोखरीमा पर्यटकको आगमन र आगमनलाई अझ रमणीय बनाउन ढुङगाको व्यवस्था गरिएको छ । यहाँ अहिले तीन वटा ढुङगा सञ्चालित छन् । अन्तु बाह्रै महिना पर्यटक आइरहन्छन् । हरियो गलैंचा ओछ्याएझैं चटक्क मिलेको चियाबारी, कोणधारी धुपी, सल्ला, सिजनअनुसार फलफूल तथा अरु बाली श्रीअन्तुको आकर्षण हुन् ।
प्रेममा परेका युवायुवती र हनिमुन मनाउन आउने नव दम्पतीहरुको पनि यहाँ उल्लेख्य उपस्थिति हुने गरेको छ । अन्तुबाट कञ्चनजंघालगायत हिमशृंखला पनि नजिकै देखिन्छन् भारतको पश्चिम बंगालका सयौं पर्यटक बर्सेनी यहाँ आउने गरेका छन् । तराई क्षेत्रमा गर्मी बढेका बेला अन्तुमा भिड लाग्ने गर्छ । नेपालकै पश्चिमी जिल्ला र भारतको पश्चिम बंगालबाट बढी पर्यटक आउँछन् ।
अरु वर्ष भन्दा यस वर्ष पर्यटकको आवागमन निकै बढेको र आम्दानी पनि बढेको पर्यटक भित्रिँदा धेरै कुरामा फाइदा पुगेको सूर्योदय नगरपालिकाका वाडा नं. ४ मधुसुधन लामिछाने वताउँछन् । उनले भने, ‘हामीले विभिन्न योजना बनाएर अन्तुको पर्यटनलाई टेवापु¥याउने काम गरिरहेका छौँ ।’
मुख्य गरेर भदौ अन्तिमदेखि पर्यटकहरुको खचाखच रहने यहाँ अहिले पनि दैनिक एक सयको हाराहारीमा पर्यटकहरु जाने गरेको स्थानियको भनाई छ । पर्यटकको मागलाई ध्यानमा राखि यहाँ होमस्टे मात्र हैन सुविधा सम्पन्न होटलहरु समेत खुल्न थालेका छन् ।
पोखरीको वरिपरि प्रायः होटल तथा खाजा घरहरु मात्र छन् । तर वरिपरि डाँडा र बिचमा पोखरी भएका कारण पोखरीको सरसफाइमा ध्यान दिन नसकेको, बाहिरको फोहोरले पोखरी दुर्ग्न्धित हुने गरेको पनि छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता