इलामको कन्याममा सुविधा सम्पन्न होटल ग्रीन कार्पेट सञ्चालन, भ्रमण वर्षलाई सघाउ पु¥याउदै युवा व्यवसायी

  • जीवन लिम्बू

इलाम, ९ मंसिरः पूर्वी नेपालको प्रमुख पर्यटकीय स्थलको रुपमा हलिएको कन्यानमा पर्यटकहरुलाई लक्षित गरि होटल ग्रीन कार्पेट सञ्चालनमा आएको छ । चियाको राजधानीको रुपमा परिचित इलामको सुर्याेदय नगरपालिका ६ मा पर्ने कन्याम चियाबारी मै सञ्चालनमा आएको यो होटलले आम पर्यटकहरुको सुविधामा नयाँ आयाम थपेको हो । सरकारले सन् २०२० मा २० लाख बाह्य पर्यटकलाई नेपाल भित्र्याएर नेपाल भ्रमण वर्ष मनाउने तयारी गरिरहेका वेला युवा व्यवसायीहरुले पनि विभिन्न क्षेत्रबाट इट्टा थप्ने काम गरिरहेको स्थानिय जनप्रतिनिधीहरु बताउछन् । सुर्याेदय नगरपालिकाले नगर पर्यटन महोत्सव मनाउने तयारी गरिरहेका वेला पर्यटकहरुलाई गुणस्तरीय सेवा दिन संचालनमा आएको ग्रीन कार्पेटले महोत्सव सफल वनाउन थप सहयोग पुगेको छ । साथै सरकारले भ्रमणवर्ष २०२० मा घुम्नै पर्नेे छनौट गरेका नेपालका एकसय गन्तव्यहरु मध्ये इलाम पनि एक हो । 
सांसद कागतेद्वारा उद्घाटन
स्थानिय युवा व्यवसायी यज्ञराज गिरीले एक करोड ५० लाख रुपैयाँको लगानीमा रेष्टुरेन्ट तथा लज सञ्चालनमा ल्याएका हुन् । गत शुक्रवारबाट सञ्चालनमा आएको होटलको उद्घाटन प्रदेश १ का प्रदेशसभा सदस्य काजिमान कागतेले गरेका थिए । होटल उद्घाटन गर्दै सांसद कागतेले ‘सुन्दर नगरी इलामको कन्याममा भारतको दार्जीलिङ, खर्साङ र झापाका पर्यटक बढि आउने गरेकाले यस क्षेत्रमा रात्री पर्यटनको नयाँ आयाम थपिएको बताए । उनले पर्यटनको क्षेत्रमा सघाउ पु¥याउन सहयोग गरेको भन्दा होटल परिवारलाई धन्यवाद दिएका थिए । 
होटलका आन्तरिक सुविधाहरु
होटलको रेष्टुरेन्टमा ५० जना र लजमा २० जनाको क्षमता रहेको होटल सञ्चालक गिरीले बताए । यो होटलमा लोकल कुखुराको मासु, अर्गानिक सागशव्जी, सुकुटी, सेकुवा र क्याम फायरको व्यवस्था रहेको छ । 
होटलका सुविधा अनि दृष्यवलोकन
सुन्दर अनि शान्त वातारणमा सञ्चालनमा आएको यो होटल विभिन्न ठाउँबाट पिकनिक आउने पर्यटकहरुको गन्तव्य नजिकै अवस्थीत छ । होटल नजिकै कन्यामको प्रमुख ठाउँ लभडाँडाबाट सूर्योदय दृष्यलोकन गर्न सकिन्छ । साथै यहाँबाट नेपालकाको सन्दकपुर, कन्चनजंघा हिमाल, जौवारी, मेग्मागुम्वा, नयाँबजार, पशुपतिनगर, सिद्धिथुम्का, आइतवारेलगायत भारतको खर्साङ, सुनदह, टाइगरहिल गुमपहाड, सिलीगुडी लगायतका विभिन्न मनोरम स्थानको दृश्यलोकन गर्न सकिन्छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता