लिपुलेक हाम्रो हो भन्दौ महाकालीदेखि मेचीसम्म साईकल यात्रा

इलाम, ९ मंसिरः तीन नेपाली युवाहरुले ‘कालापानी, लिपुलेक हाम्रो हो, स्वास्थ्यका लागि साईकल, पर्यटनको लागि साईकल, नेपाल भ्रमण वर्ष २०२०’ भन्ने नाराका साथ साईकल महाकालीदेखि मेचीसम्म साईकल यात्रा गरेका छन् ।  करिव हजार पाचास किलोमिटरको लामो यात्रा १० दिनमा सम्पन्न गरेका थिए । साईकल यात्रीमा चितवनका उपकार पौडेल, दाङका विनय आर्याल र रुपन्देहीका प्रजन्य घिमिरे रहेका थिए । उनीहरुले महाकालीको दोधारा चाँदनी झोलुङगेपुल पारीबाट कार्तिक २९ गते यात्रा शुरु गरेका थिए ।  मंसिर ८ गते झापाको मेचीपुलमा आएर यात्रा सम्पन्न गरेका थिए । 
लामो यात्रामा उनीहरुले कतिपय ठाउँमा त कालापनी लिपुलेक भन्ने ठाउँको नामनै नसुनेको तितो अनुभव पनि गर्नु परेको थियो । हालैमात्र भारत सरकारले नेपालको कालपानी, लिपुलेकसाँगै धेरै स्थानहरु आफ्नो देशमा पारेर भारतको नक्सा सर्वजननिक गरेको छ । सोही भारतको कदमको विरोध गर्दै कालापनी, लिपुलेक नेपालको हो भन्ने जनचेतना फैलाउने उद्देश्यका साथ महाकाली देखि मेची सम्मको साईकल यात्रा गरेको साइकल यात्री उपकार पौडेलले माइपोखरी न्युजसँगको कुराकानीमा वताए । आफु चिकित्सा शास्त्रको विद्यार्थी भएको कारण  पनि स्वास्थ्यको लागि साईल भन्ने नारा साथमा लिएर आएको उनले वताए ।




प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता