भारतीय सिमा अतिक्रमणको विरुद्धमा विद्यार्थीलाई जन्मदिनको अवसरमा नेपालको नक्सा उपहार

इलाम, १० मंसिरः विद्यार्थीहरुलाई देशभक्तिको भावना उजागर गर्नको लागि इटहरीको वेविलोन अंग्रजी वोडिङ स्कुलले जन्म दिनको अवसरमा नेपालको नक्सा उपहार दिएको छ । भारतको विस्तारबादको विरुद्ध आवज उठाउँदै इटहरीको विद्यालयको यो कदम नयाँ शैलीको रुपमा लिन सकिन्छ । हालै मात्र भारतले आफ्नो देशको नक्सामा नेपालको कालापनी, लिपुलेक लगायतका भूभागहरु आफ्नो देशमा भएको नक्सा प्रकाशनमा ल्याएको छ । 
विद्यार्थीहरुमा सानै देखि देश भक्तिको भावना उजागर गर्नको लागि र  भारतीय हेपा प्रवृतिको विरोधको लागि  पनि विद्यार्थीलाई जन्म दिनको उपहार नेपालको नक्सा दिएको विद्यालयका निर्देशक विनोद थपलियाले वताए । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता