निर्माण व्यवसायीको धर्ना कार्यक्रम

इलाम, १० मंसिर नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रिय आव्हान अनुरुप इलाममा पनि नेपाल निर्माण व्यवसायी संघ इलाम शाखाले पनि मंगलबार जिल्ला प्रशासन कार्यालयमा धर्ना कार्यक्रम गरेको छ । 
सार्वजनिक खरिद (आठौं संसोधन) नियमावली, २०७६मा व्यवस्था भएको म्याद थप र बैंक क्रेडिट लाईन लगायत सार्वजनिक खरिद ऐन समेतका केही बुँदाहरु संसोधनका लागि दबाब स्वरुप धर्ना कार्यक्रम गरिएको इलाम शाखाका अध्यक्ष सुवास चिपालुले बताएका छन् । 
उनका अनुसार ७७ जिल्लामा मंसिर १० गतेदेखि ७ दिन सम्म जिल्ला प्रशासन कार्यालयमा १ घण्टा धर्ना दिने र सो पश्चात माग सुनुवाई नभएमा केन्द्रिय समितिको निणर्य अनुसार थप आन्दोलनको घोषणा हुनेछ । इलाममा आयोजित धर्ना कार्यक्रममा संघका पदाधिकारी, सदस्य तथा संघमा आवद्ध व्यवसायीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता