माइजोगमाई गाउँपालिकामा ज्ञापन पत्र बुझाईयो

इलाम, ११ मंसिरः इलामको माइजोगमाई गाउँपालिकामा ज्ञापनपत्र बुझाईएको छ । गाउँपालिका अध्यक्ष जीत बहादुर राईले आर्थिक बर्ष ०७५—०७६ आफ्नो वडा परेको बजेटबाट वडा नम्बर २ को जोगमाई र ३ को नामसालिङ्गमा  खरिद गरिएको बिजुलीको पोल र तार आफुहरुहरुलाई जानकारी नगराई वडाको कार्यक्षेत्र हस्तक्षेप गरि एकतान्त्रीक बिधिबाट जाती र पाटी छुट्टाई बिकासका गतिबिधी गरेकाले काम गर्न असहज बनाईएको भन्दै वडा नम्बर २ र ३ का अध्यक्ष डम्बर बहादुर सुबेदी र याम प्रसाद यल्मोले गाउँपालिकामा  निबेदन बुझाएका छन् ।
सोही गतिबिधीलाई नेपाली काग्रेस माईजोगमाई गाउँ कार्य समितिका कार्यबहाक सभापति मोहन बहादुर बस्नेतद्धारा हस्ताक्षरीत ज्ञापन पत्र बुधबार गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चन्द्रप्रकास बस्नेतलाई बुभाएका छन् । यस्तो कृयाकलापलाई सच्चाउन आग्रह गदै बिज्ञाप्ति समेत निकालेको छ । जनताबाट निर्बाचित प्रतिनिधीहरुको मान मर्यादा ख्याल नगरी संघिय लोकतान्त्रिक राज्य ब्यावस्था प्रति कुठाराघात हुने गरि गाउँपालिका अध्यक्षले यस्ता प्रकारका कृयाकलाप प्रति नेपाली काग्रसले घोर भत्र्सना गरेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । 
साथै आगामी दिनमा यस्ता कृयाकलापलाई सच्चाई सबैसँग सहकार्य गरेर गाउँपालिका भरीको बिकास निमार्ण गर्न आग्रह गरेको छ । वडाको बजेटको रकमबाट खरिद गरेको तार र पोल बितरण आफुखुशी बितरण गरिएको सम्बन्धमा सर्वपक्षिय भेला बोलाई ३ दिन भित्रमा लिखित जवाफ सहित निर्णय सार्वजनिक गराउनु हुन समेत आग्रह गरेको छ । यदि बेवस्ता गरे चरणबद्ध आन्दोलन गर्ने घोषणा बिज्ञाप्तिमा उल्लेख  गरिएको छ ।  ज्ञापनपत्र बुझ्रदै प्रमुख प्रशासकिय अधिकृत बस्नेतले समस्या समाधान गर्न चाडो पहल गर्ने बताएका छन् ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता