इलाममा सूर्योदय नगर महोत्सवको तयारी

इलाम, ११ मंसिर । इलामको सूर्योदय नगरपालिकाले मंसिर १४ देखि १८ सम्म प्रथम सूर्योदय नगर महोत्सवको तयारी गरिरहेको छ । नेपाल सरकारले घोषणा गरेको १ सय पर्यटकीय गन्तव्यमा परेको कन्याम, अन्तु लगायत करफोक, पशुपतिनगर र गोर्खेमा समेत महोत्सवको तयारी भईरहेको छ ।
५० लाख खर्च हुने अनुमान गरिएको महोत्सवमा नगरपालिकाले २५ लाख लगानी गरेर महोत्सव गर्न लागेको हो । अन्य खर्चको जोरजम्मा गर्ने काम भईरहेको उप–प्रमुख दुर्गा देवी भट्टराईले वताईन् । भारतको दार्जिलिङ सिक्किम, भुटान तथा बंगलादेशबाट समेत सूर्योदय आउन एक दिन मात्र लाग्ने भएकोले पनि सूर्योदय नगरपालिकाले भारतको मिरिक नगरपालिका तथा दार्जिलिङको स्थानिय सरकारसँग सहकार्य गरेको उनले बताईन् । पहाडी क्षेत्रमा भारतसँग सीमाना जोडिएको एक मात्र पक्की सुगम सडकमार्गबाट इलाम भित्रने पर्यटक बढिरहेको उनको भनाई छ ।
महोत्सवमा आकर्षक सूर्योदय अवलोकन गर्ने डाँडा श्रीअन्तु, चिया बगान फिक्कल, भारतसँग सीमाना जोडिएको बजार पशुपतिनगर, रेड पाण्डा संरक्षणस्थल गोर्खेलगायत स्थानमा महोत्सवभर विभिन्न सांस्कृतिक कार्यक्रमसहित पर्यटकलाई स्वागत गर्ने कार्यक्रम रहेको सूर्योदय नगरपालिकाका सूचना अधिकारी इश्वरी प्रसाद अधिकारीले जानकारी गराए  ।
सूर्योदय नगरपालिकाले महोत्सवमा ५ लाख पर्यटक भित्र्याउने लक्ष्य राखे सँगै अधिकाँस महोत्सव लाग्ने स्थानमा भने तयारी भईरहेको भए पनि पर्यटकको लागि सर्वजनिक शौचालयहरु भने प्रयप्त मात्रामा रहेका छैनन् । खुला दिसा मुक्त क्षेत्र घोषणा भए पनि पर्यटकिय स्थलहरु कन्याम, फिक्कल, श्रीअन्तुमा पर्यटकको संख्या अनुसार सर्वजनिक शैचालयहरु निर्माण भएका छैनन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता