इलामको पहिलो चिया कारखानामा चौथो उद्योग दिवस


इलाम, ९ मंसिरः नेपालकै पहिलो चिया प्रशोधन उद्योगको रुपमा रहेको इलाम चिया कारखानामा चौथो उद्योग दिवस मनाइएको छ । कार्यक्रममा उपस्थीत वक्ताहरुले देशकै पहिचानको रुपमा स्थापना गरेर संरक्षणका लागि पहल गर्न सरोकारवालाहरुले माग गरेका छन् । कार्यक्रममा प्रदेश सभाका संसद् राम राना, जिल्ला समन्व समितिका प्रमुख गणेश बराल, इलाम नगरपालिकाका प्रमुख महेस वस्नेत लगायतको उपस्थिति रहेको थियो । 
इलामका तत्कालिन बडाहाकिम कर्णेल गजराजसिंह थापाले नेपालमा नै पहिलो पटक विक्रम संम्बत १९२० सालमा चिया वगान लगाएर उनले नै १९३५ सालमा चिया प्रशोधन कारखानाको शुरुवात गरेका थिए । पहिलो उद्योगको स्थापना सँगै इलाममा चिया विस्तार भई हाल २१६ वटा चिया उद्योग घरेलु तथा साना उद्योग विकास समितिमा दर्ता रहेका छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता