सेञ्चुरी र्बैंक इलाम शाखाद्वारा राहसल बाल गृहलाई किताब राख्ने र्याक हस्तान्तरण

इलाम, १२ मंसिरः सेञ्च्ँुरी र्बैंक इलाम शाखाले आफनो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत इलाम–९, गोलाखर्क भञ्ज्याङ, स्थित राहसल बाल गृहलाई १६ ढोके किताब राख्ने ¥याक हस्तान्तरण गरेको छ । बैंकले बालगृहका बालबालिकालाई अध्यन अध्यापनको लागि सहज होस भनि किताब राख्ने ¥याक हस्तान्तरण गरेको हो । इलाम शाखाका शाखा प्रबन्धक अजेश मण्डलले सो अनाथालयका अध्यक्ष राजेन्द्र चौहानलाई  किताब राख्ने ¥याक हस्तान्तरण गरेका  थियोे । सो अवसरमा संस्थाको अध्यक्ष चौहानले सहयोगले बालबालिकाको अध्ययनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए । 
साथै बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई सधै आफनो उच्च प्राथमिकतामा राख्दै आएको जानकारी दिए । बैंकले समाजका हरेक वर्गका सर्वसाधारणहरुको जीवनस्तर उत्थान गर्न सहयोग गर्ने लक्ष्य रहेको जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता