समृद्ध पहाडको आयाेजनामा इलाममा पाँच दिन लेखा तालिम सम्पन्न

इलाम, ३० कातिकः समृद्ध पहाड इलामको आयोजनामा पाँच दिने लेखा तालिम इलाममा सम्पन्न भएको छ । इलाम र पाँचथरका गरि २० वटा सहकारी सस्थाहरुको सहभागिता रहेको तालिममा सहकारी अभियान्ता कमल श्रेष्ठले पाँच दिनसम्म प्रशिक्षण गरेका थिए । तालिमको समापन कार्यक्रममा बोल्दै जिल्ला सहकारी संघ इलामकी अध्यक्ष बिष्णु दहालले सहकारी ऐन, नियमावली अनुसार सहकारी चल्नुको विकल्प नरहेको बताईन । बचत ऋणको मात्र कारोबारमा सिमित नभई सहकारी व्यवसायतिर पनि अग्रसर हुनुपर्ने जोड दिईन ।
 सरकारले तिनखम्बे अर्थनीतिमा सहकारीलाई राखेपनी सो अनुसारको काम नहुदा सहकारी सस्थाहरुले काम गर्न नसकेको समृद्ध पहाड इलामका कार्यलय प्रमुख पुर्ण प्रसाद गौतमले बताए । सख्यात्मक भन्दा गुणात्मकतामा सहकारीहरुले जोड दिनु पर्ने सरकारको नीति रहेकोेले ढिलो चाडो मर्ज गरेर सहकारी सञ्चालन गर्नु ।पर्ने धाराणा प्रशिक्षक कमल श्रेष्ठले व्यक्त गरेका थिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता