
इलाम, १६ मंसिरः इलामको सदरमुकाममा रहेको इलाम अस्पतालमा भई रहेको आँखा शिविरमा ४६ जनाको मोतिया विन्दुको शल्या क्रिया गरिएको छ । शिविरमा ३०० वडी आँखाका रोगीहरुको आँखा जाँच गरिएको छ । आईताबार बाट सञ्चालन भईरहेको आँखा शिविर तीन दिन सम्म चल्ने छ ।

नेपाल नेत्रज्योती संघ जिल्ला शाखा इलामको आयोजना तथा विराटनगर आँखा अस्पताल विराटनगरको प्रविधिक सहयोग साथै जिल्ला प्रहरी कार्यालय इलामको समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत इलाम अस्पतामा भईरहेको शिविरबाट इलाममा भएका आँखाका रोगीहरु उपचारको लागि विभिन्न महगा अस्पताल धाउनु पर्ने वध्यतालाई मध्य नगर गर्दै इलाममा नै निशुल्क आँखा शिविर सञ्चानलन गरेको नेपाल नेत्रज्योति संघ इलामका सचिव विष्णु कार्कीले वताए ।