इलाममा सञ्चालन भएको तीन दिने आँखा शिविरमा १३३ जनाको माेतिया विन्दु सहितको शल्याक्रिया


इलाम, १७ मंसिरः इलामको सदरमुकाममा रहेको इलाम अस्पतालमा भएको आँखा शिविरमा १३३ जनाको मोतिया विन्दुको शल्याक्रिया गरिएको छ । शिविरमा ९०० भन्दा वडी आँखाका रोगीहरुको आँखा जाँच गरिएको थियो आईताबारबाट सञ्चालन भईरहेको आँखा शिविर तीन दिन सम्म चलेकाे थियो । 

नेपाल नेत्रज्योती संघ जिल्ला शाखा इलामको आयोजना तथा विराटनगर आँखा अस्पताल विराटनगरको प्रविधिक सहयोग साथै जिल्ला प्रहरी कार्यालय इलामको समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत इलाम अस्पतामा भएको शिविरबाट इलाम जिल्लाका विभिन्न ठाउँका आँखा रोगिहरुले निःशुल्क सेवा पाएका थिए । शिविरमा आएर आँखाको उपचार गर्नेको संख्या वढेसँगै आँखा उपचारमा नेत्रज्योतिको प्रयस सफल भएको संस्थाका अध्यक्ष इन्द्र फुएलले जानकारी गराए । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता