इलामको कन्याममा सृजनामा मान्छेको खोजी

इलामः नियात्रा, साहित्य र पत्रकारितामा नाम कमाएका लेखेक पत्रकार मोहन मैनालीले जीवनको लामो समय मान्छे खोज्दैमा विताए । उनले मान्छेका भोगाईलाई जोडेर समाचार मात्रै लेखेनन् उपल्लो थलो, देखेको देश, मान्ठा हराएको जुग जस्ता मनछुने पुस्तक पनि लेखे। 
कन्यामको सिरेटोमा उनलाई सुन्न आएका साहित्या अनुरागीलाई भन्दै थिए ुराम्रो लेखिस् भन्छन् तर मैले मान्छेको भनाईलाई जोडेको मात्रै हो ।ु उनको विचारमा सिर्जनामा मान्छेको आवाज भयो भने पाठकले रुचाउने रहेछन् । उनले आफूले सौभाग्यले पुग्न पाएको तर अरुलाई पुग्न कठिन हुने मृत्युको मुखका कथाहरु सृर्जानामा समेट्ने प्रयास गरेको बताए । 
सृजनशिल अराजकताका पक्षधर हाङयुग अज्ञातले पनि साहित्य यात्राबाट जन्मने भन्दै साहित्यभित्र नागरिकका भोगाई र समाज बोल्नुपर्ने बताए । समाज संस्कृती र विश्व साहित्यको फ्युजनबाट कालजयी सृर्जना जन्मने उनको तर्क छ । लेखक पत्रकार केदार शर्मासँगको वहसमा लेखेक मैनाली भन्दै थिए, ुसिर्जनाका लागि यात्रा र अध्ययन पहिलो सर्त जस्तै लाग्छ ।ु
मान्छेको भोगाईलाई टिपेर मालाजस्तै बान्की पार्न सके जीवन्त सिर्जनाको जन्म हुने बताए । कार्यक्रमममा कवि मुनाराज सेर्माले साहित्य र समाज विकासका विषयमा बोल्दै अहिलेको साहित्य समाजको आवरण मात्रैहैन ुस्क्यान गर्ने खालकोु हुनुपर्ने बताए । 
सूर्योदय नगर महोत्सवको अवसरमा आयोजित साहित्य विमर्स कार्यक्रममा इलाम र झापाका कविहरुले आशु कविता लेखेर वाचन गरेका थिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता