
इलाम, १३ पुसः साकेला कप रनिङ फुटबल प्रतियोगिताको उपाधी तीनघरे फुटबल क्लबले जितेको छ । सूर्योदय नगरपालिका–११ स्थित केराबारी आधारभुत विद्यालयको खेलमैदानमा भएको फाइनलमा तीनघरेले मोक्ष गोदकलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधी आफनो पक्षमा पारेको हो । खेलको चौथो मिनेटमा शेखर राईले गरेको गोल नै निर्णायक बन्यो । बिजेता टिमले नगद ६० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो ।
उपविजेता टिमले नगद ४० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र मात्र प्राप्त ग¥यो । विजेता तथा उपबिजेता टिमलाई युवा समाजसेवी डम्बर खडका र एन्फाका केन्द्रिय सदस्य निरोज खड्गीले पुरस्कार वितरण गरे । प्रतियोगिताको वेष्ट डिफेन्डर मोक्षका रोहित राई, वेष्ट गोलकिपर तीनघरेका सर्जन लिम्बु, हाइ स्कोरर भेनस सुन्दरपानीका संजोग खड्का घोषित भए । त्यसैगरी बेष्ट फरवार्ड मोक्षका किरण राई र उदीयमान खेलाडी किस्मत राई घोषित भए ।
साकेला कप आयोजक समितीका संयोजक रविन राईको अध्यक्षतामा भएको समापन समारोहका प्रमुख अतिथी युवा समाजसेवी डम्बर खडका रहेका थिए । कार्यक्रमका विशेष अतिथी एन्फाका केन्द्रिय सदस्य निरोज खड्गी र वडा नं ११ का अध्यक्ष टेकबहादुर राई रहेका थिए । समापन समारोहमा बोल्दै प्रमुख अतिथी खड्काले इलाम जिल्ला खेलकुदको संभावना भएको क्षेत्र भएकाले जिल्लाको खेलकुद क्षेत्र प्रर्वद्धनमा आफुले सक्ने सहयोग गर्ने प्रतिवद्धता जाहेर गरे
कार्यक्रमका विशेष अतिथी निरोज खड्गीले जिल्लाका यस्ता प्रतियोगिताहरुबाट नै देशले राष्ट्रिय स्तरको खेलाडी पाउने बताए ।