इलामको फाकफोकथुममा ज्ञानदिलदासबारे बहस एवं संवाद

इलाम, १३ पौषः  फाकफोकथुम गाउँपालिका आमचोकमा ज्ञानदिलदासबारे बहस एवं संवाद कार्यक्रम सप्पन्न भएको छ । ज्ञानदिलदास प्रतीष्ठान, इलामको अध्यक्ष गुरुभत्त लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा फाकफोकथुम सरोकार समाज, इकामका सचिव एवं सामाजिक अभियान्ता प्रकाश परियारले ज्ञानदिलदास एवं फाकफोकथुम पर्यटनको सवालमा संम्भावना, चुनौति एवं अवसरमा चर्चा गर्नु भएको थियो ।
गाउँपालिका प्रमुख रामकुमार श्रेष्ठको प्रमुख आतिथ्यता एवं उपप्रमुख सरस्वती राइको विशेष आतिथ्यता भएको कार्यक्रममा प्रतीष्ठानको उपाध्यक्ष गोविन्द दर्नालले स्वागत मन्तब्य, बालकृष्ण लामिछानेले ज्ञानदिल बारे चर्चा र सिंह देवि मावीका विद्यालय ब्यवस्थापन समिती अध्यक्ष लक्ष्मण घतानी, ३ नं। वडा अध्यक्ष राजन पौडेल र नेपाली कांग्रेसका नेता उपेन्द्र पौडेलले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
सामाजिक अभियान्ता, साहित्यकार एवं जोसमनी धर्मका प्रमुख प्रचाररक ज्ञानदिलदासको जन्म फाकफोकथुम(३ आमचोकमा वि।स।१८७८ मा भएको थियो भने १९४० मा भारतको सिक्किममा मृत्यु भएको थियो । थोत्रो मान्यता, सामाजिक कुप्रथा, मुर्तिपुर्जा, छुवाछूत विरोधी एवं नेपाली साहित्यको इतिहासमा भत्तिधाराका केन्द्रिय कवि हुन । साहित्यको माध्यमबाट क्रान्ती र परिवर्तनको आवाज बुलन्द गर्ने ज्ञानदिलदासले सामाजिक काम तथा जोसमनी धर्म प्रचारप्रसार पुर्बी नेपाल साथै दार्जीलिङ, सिक्किम, आसाम, बर्मा र भुटानमा समेत गरेका थिए ।
प्रमुख अतिथि पालिका प्रमुख रामकुमार श्रेष्ठले ज्ञानदिलदास अब सिंगो फाकफोकथुमको साझा सम्पती एवं हिरा भन्दा महत्त्वपूर्ण रहेकोले ज्ञानदिलदास सम्बन्धि खोज अनुसन्धान, प्रकाशन एवं  प्रसारण गर्दै उहाँको योगदान अन्तरास्ट्रिय स्तर सम्म पुर्याउन लागि पर्ने उल्लेख गर्दै समाज रुपान्तरणमा उहाँको भुमिकाको बारेमा चर्चा गर्नु भएको थियो । यसै गरि विशेष अतिथी उपाध्यक्ष सरस्वती राइलेले फाकफोकथुमको ख्याति बढाउन र विकास निर्माणलाई युद्द स्तरमा अघि बढाउन भारतको सिक्किम एवं दार्जीलिङ र नेपालको ओखलढुंगाको रुम्जाटार सग भागिनी सम्बन्ध स्थापनाको लागि पहल गर्ने उल्लेख गर्दै खोज अनुसन्धानमा लाग्ने लेखकलाई धन्यवाद दिनुभएको थियो ।
नेपाल पर्यटन बर्ष २०२०लाई लक्षित गर्दै ज्ञानदिलदास एवं फाकफोकथुमको पर्यटन प्रबर्द्धनको लागि विभिन्न कार्यक्रम आयोजना गरि महोत्सव गरिने भएको छ । ज्ञानदिलदास बारे अनुसन्धानत्मक कृति भारतको सिक्किममा साहित्यकार एवं लेखक बिरभद्र कार्कीडोलि द्दारा लिखित ज्ञानदिलदास अध्ययन ग्रन्थ विमोचन साथै ज्ञानदिलदास बारे खोज अनुसन्धान गर्ने लेखक तथा साहित्यकारलाइ सम्मान गरिने भएको छ । पर्यटन बर्ष सफल बनाउनको निम्ति फाकफोकथुम गाउपालिका, फाकफोकथुम सरोकार समाज इलाम, ज्ञानदिलदास प्रतीष्ठान लगायत संघसंस्थाको संयोजन एवं आयोजनामा पर्यटन संग सम्बन्धित प्रकासन एवं प्रचारण, स्थानीय कलासंकृतिको प्रद्दर्सन, खेलकुद कार्यक्रम, अतिरिक्त कृयाकलाप, साहित्यिक कार्यक्रम गरिने भएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता