इलामको गजुरमुखी–इभाङ–चतुरे सडकको कालोपत्रे कार्य तिव्र


  • बालकृष्ण बस्नेत

माङसेवुङ ६ पुसः इलामको माङसेवुङ गाउँपालिकामा रहेको गजुरमुखी–इभाङ–चतुरे निर्माणधिन कालोपत्रे सडकको काम तिव्ररुपमा भई रहेको छ । गजुरमुखीदेखि चतुरे सम्मको १३ किलोमिटर सडक खण्डको अहिले सम्ममा ३९ प्रतिसतकाम सम्पन्न भई सकेको छ । एशियाली विकास वैंकको ८० प्रतिशत र नेपाल सरकारको २० प्रतिशल लगानी रहेको सडकको काम कालिका गजुरमुखी जेभीले गरिरहेको छ । 
३१ करोडको लगानीमा शुरुभएको सडक माङसेवुङ गाउँपालिका २ को तिखे गोलाईवाट माङसेवुङ गाउँपालिका ३ को चतुरेमा दमक रवि सडकसँग जोडिने छ । सडको निर्माण कार्य २०७५ पुसमा सुरुगरिएको थियो माङसेवुङ वासीकोलागि सो सडक विकासको प्रेरणाको स्रोत बन्दै गएको छ ।
विगतका दिनहरुमा स्थानीयहरुले सडक अभावको समस्या व्यवहोर्दै आएका थिए । अवका दिनमा ती कहालिलाग्दा दिनहरुबाट मुक्ति पाउँदै आएको अनुभव स्थानीवासीको ठहर रहेको छ । माङसेवुङ गाउँपालिकामा कृषि सडक घर गाउँसम्म पुगेको देखिन्छ तर सदरमुकाम, हाटबजार सम्म पुग्ने सडक अव्यवस्थित हुँदा स्थानीय स्तरमा उत्पादित साग सव्जी, फलफुल साथै नगदेवालीहरुको कृषकहरुले वजार भाउ नपाएको गुनासो गर्दछन । अव, सडक जोडक दमक रवि सडकसँग जोडीए सँगै माङसेवुङ गाउँपालिकाका वासीन्दाले राहतको महसुस गर्ने गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिङगोले वाताए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता