इलामका समाजसेवी खड्काले सागमा सहभागिता जानाएर पदक विजेता इलामका चार खेलाडीलाई सम्मान गर्ने

इलाम, २६ मंसिरः इलामका सक्रिय समाजसेवी तथा नेपाली काँग्रेसका नेता डम्बर खडकाले १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा इलाममा जन्मेर राष्ट्रको नाम राख्ने चार खेलाडीलाई काठमाडौमा सम्मान तथा पुरस्कार प्रदान गर्ने भएका छन ।
इलामेली समाजको ब्यानरमा उनले आगामी सोमबार फुटबलमा स्वर्ण पदक बिजेता जमुनाका छिरीङ गुरुङ, उसुमा स्वर्ण बिजेता जुनी राई सूर्योदय नगरपालिकाकी रजत पदक विजेता महिला फुटबल टिमकी गोल रक्षक एन्जिला तुम्बापो र भलिबलमा कास्य पदक प्राप्त गर्ने इलाम गजुरमुखीकी विनिता बुढाथोकीलाई उनले सम्मान गर्ने भएका हुन् ।
जिल्लाभर हुने फुटबल, भलिबललगायत बिभिन्न खेलमा पुरस्कार सहयोग गरी खेलाडीको मनोबल बढाउन सहयोग गर्दै आएका नेता खड्काले राष्ट्रिय कीर्तिमान राख्ने इलामका खेलाडीलाई प्रोत्साहन स्वरुप सम्मान गर्न लागेको जानकारी दिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता