सुर्खेतबाट जाजरकोटको लागी छुटेको फोर्स गाडी सल्यानमा दुर्घटना,१८ घाईते


सल्यान,२४ पुष । सुर्खेतबाट जाजरकोटको लागी छुटेको फोर्स गाडी सल्यानको बालुवा संग्रहीमा दुर्घटना हुँदा चालक सहित १८ जना घाईते भएका छन् । घाइते मध्ये पाँच जनाको अवस्था गम्भीर छ । बिहान सुर्खेत बाट जाजरकोटको लागि छुटेको भे १ ख २५७३ नम्बरको काक्रेबिहारको फोर्स गाडी दुर्घटनामा परेको हो ।
गम्भीर घाइते हुनेमा चालक सुर्खेत भेरी गंगा नपा छिन्चुका वर्ष ३५ प्रकाश शर्मा, सुर्खेत भेरी गगा नपा ९ जरेको वर्ष ४९ का शान्त कुमार तिरुवा, शस्त्र प्रहरी बल सल्यानमा कार्यरत सुर्खेत बिनपा १२ का वर्ष ३० होम पंगाली , सल्यान बनगाड कुपिण्डे नगा १ का वर्ष १३ का अनिश बिस्वकर्मा, जाजरकोट छेडागाड नपा ९ जाजरकोट वर्ष २१ कि भगवती उपाध्याय रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डकेन्द्र खतिवडाले जानकारी दिनु भयो ।
समान्य घाइतेहरुमा सह्चालक जाजरकोट छेडागाड नपा १ को वर्ष २१ को गोपाल वडा जाजरकोट सल्ल्माको वर्ष ४० का पदम रावत, आरमी ज्वालादल गण बेश क्याम्प लमजुङका वर्ष २६ पुर्ण ब सुनार, काठमाडौ अन्दाजी वर्ष ६२ का रजनी श्रेष्ठ , काठमाडौ वर्ष ६२ अनिशा मान्नधर, सल्यान बनगाड कुपिण्डे नपा १ का वर्ष १५ का संदेश पुन ,सल्यान बनगाड कुपिण्डे नपा ३ का वर्ष ४५का वडा सदस्य भिम बहादुर बुढाथोकी, सल्यान शारदा श्रीनगरका वर्ष ५१ का भुम ब बुढाथोकी ,सल्यान शारदा नपा श्रीनगरका वर्ष ५१ का गौतम बुढाथोकी , बनगाड कुपिण्डे नपा १ वर्ष ४० का गगा बिश्वकर्मा, जाजरकोट कुसेगाउपालिका ५ वर्ष २५ दल बहादुर रोका, रसुवा जिल्ला वर्ष २९ कि मालती आचार्य, रुकुम चौरजाहारी नपा ४ वर्ष ३१ को बिजय दर्लामी लगाएत छन् ।
घाइतेहरु लाई इलाका प्रहरी कार्यालय सल्लीबजारमा रहेको प्रहरी संगै स्थानियले तत्काल उद्धारगरि उपचारको लागि नेपालगन्ज पठाएका थिए । तिब्र गतीका र सडक चिप्लो भएको कारण गाडी दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ । बिहान ८.३०मा दुर्घटनामा परेको सो गाडीमा ६ महिला २ बालक र १० जना पुरुष रहेका थिए । घटनाको थप अनुसन्धान भईरहेका जिल्ला प्रहर कार्यालय सल्यानले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता