
इलाम, २५ पुस : शिक्षा तथा खेल क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याउने इलामका बिभिन्न ब्यक्तिलाई बिहिबार सम्मान गरिएको छ । २९ औँ प्याब्सन दिवसको अवसर पारेर निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) इलामले सदरमुकाममा उनीहरुलाई सम्मान गरेको हो । गएको एसइइ परिक्षामा जिल्लाबाट उत्कृष्ट हुने हेरिटेज नेशनल एकाडेमीका आषिशचन्द्र भट्टराई (३.९५) र नोनिता बराल (३.८)लाई प्रशंसा पत्र सहित सम्मान गरिएको हो ।
त्यस्तै भर्खरै काठमाण्डौमा सम्पन्न भएको साफ खेलकुदमा भाग लिएर स्वर्ण पदक जित्न सफल इलामका खेलाडीहरुलाई सम्मान समेत सम्मान गरिएको छ । साग खेलकुदमा उसु विधाबाट सहभागी भई स्वर्णपदक प्राप्त गर्ने जुनु राई र फुटबलमा सहभागी भई स्वर्णबिजेता बनेका छिरिङ गुरुङलाई जनही नगद पाँच हजार रुपैयाँसहित सम्मानपत्र सहित खदा र अबिरले सम्मान गरिएको छ ।
कार्यक्रममा हेरिटेजकै शिक्षिका इलाम नगरपालिका ९ निबासी मुना श्रेष्ठलाई पनि सम्मान गरिएको थियो । उनलाई संस्थागत बिद्यालयमा लामो समयसम्म काम गरेको भन्दै सम्मान गरिएको प्याब्सन इलामका सचिव छबि लम्सालले जानकारी दिए । श्रेष्ठले २०५३ सालबाट निरन्तर जिल्लाका बिभिन्न बिद्यालयमा अध्यापन गराइरहेका छन् । जिल्लामा नाटक विधामा महत्वपूर्ण योगदान पु¥याएको भन्दै इलाम नगरपालिका ७ निबासी सुरेश पोर्तेललाई समेत सम्मान गरिएको थियो ।
गायक तथा शिक्षक रगुन गुरुङको प्रस्तुति सेत प्रदर्शनी गरिएको थियो ।प्याब्सन इलामका अध्यक्ष बिकास कर्माचार्यको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख गणेशप्रसाद बरालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा इलाम नगरपालिकाका प्रवक्ता ठाकुर नारायण श्रेष्ठ, प्याब्सन १ नम्वर प्रदेशका अध्यक्ष युवराज बाशिष्ठ, प्रमुख जिल्ला अधिकारी सिताराम कार्की, इलामका प्रहरी प्रमुख हिराबहादुर पाण्डे, ससस्त्र प्रहरी बल इलामका प्रमुख रोशन श्रेष्ठ, पशुपती प्रसादगण इलामका गणपती प्रभात थापा लगायतले मन्तब्य राखेका थिए ।
त्यस्तै शिक्षा बिकास समन्वय इकाइ इलामका प्रमुख शम्भु थापा, अनुसन्धान अधिकृत तुलसी कट्टेल, इलाम नगरपालिका वडा नव्र सातका अध्यक्ष नरेश श्रेष्ठ, प्याब्सन एक नम्वर प्रदेश सदस्य अनिल निरौला, सल्लाहाकार प्रकाश भक्तराज लगायतले मन्तब्य राख्दै समसामयिक शिक्षामा जोड दिनु पर्ने बताएका थिए ।