बस दुर्घटना हुँदा २ महिलाको मृत्यु, घाइतेमध्ये ३ को अवस्था चिन्ताजनक

दमौली, २५ पुष । तनहुँको घिरिङ गाउँपालिका–३ मानपुरमा शुक्रबार बिहान १० बजे बस दुर्घटना हुँदा २ महिलाको ज्यान गएको छ ।
पाल्पाको रामपुरबाट भिमाद आउँदै गरेको ग १ ख ६१७५ नम्बरको बस दुर्घटना हुँदा घिरिङ–१ बैंडीकी २० वर्षीया मीना थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । थापाको घटनास्थलमै मुत्यु भएको हो ।
यसैगरी घटनामा गम्भीर घाइते रहेकी घिरिङ- ३ कि ४२ वर्षीया नानिमाया गुरुङकाे पनि मृत्यु भएकाे छ । उनकाे उपचारका क्रममा निधन भएकाे जनाइएकाे छ ।
बसमा २५ जना यात्रु सवार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता लिलाराज लामिछानेले जानकारी दिए । सवार सबै यात्रु घाईते भएका छनु । घाइतेमध्ये ३ जनाको अवस्था चिन्ताजनक रहेको छ ।
बस अनियन्त्रित भई दुर्घटना भएको अनुमान गरिएकोे प्रवक्ता लामिछानेले जानकारी दिए । घाइतेमध्ये केहीको उपचार पोखराको मणिपाल अस्पतालमा भईरहेको छ भने अन्य घाइतेको उपचार भिमादका स्वास्थ्य क्लिनिकहरुमा भइरहेको छ ।

न्युज २४ बाट साभार

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता