प्रदेश १ मा राष्ट्रियसभा निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा

विराटनगर, ८ माघ ।  बिहीवार हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि विराटनगरको वीरेन्द्र सभागृहमा रहेको प्रदेश नं. १ को मतदान स्थलको तयारी पूरा भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
वीरेन्द्र सभागृहमा हुने मतदानमा प्रदेश सांसदहरुका लागि एउटा केन्द्र र स्थानीय तहका प्रमुख उपप्रमुखहरुका लागि अर्को मतदान केन्द्र स्थापना गरिएको वीरेन्द्र सभागृह मतदान केन्द्रका मतदान अधिकृत बेनु कुमार पौडेलले जानकारी दिनुभयो ।
प्रदेश नं. १ मा ९३ जना प्रदेश सांसद र २ सय ७४ जना स्थानीय तहका प्रमुख उपप्रमुखहरु गरी कुल ४ सय ६७ मतदाता रहेका छन् ।
बिहान १० बजेदेखि ४ बजे सम्म मतदान हुने र बेलुका नै राष्ट्रिय सभा सदस्य निर्वाचन अधिकृतको कार्यालय रहेको जिल्ला निर्वाचन कार्यालयमा मतगणना गरिने बताइएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता