अग्नि सापकोटाविरूद्ध माइतीघर मण्डलमा प्रदर्शन

तस्बिर : छिरिङ गुरुङको ट्वीटरबाट

काठमाडौँ, ८ माघ । रिक्त सभामुख पदका लागि एकल उम्मेदवार सत्तारूढ नेपाल कम्युनिष्ट नेकपाका स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटाविरूद्ध माइतीघर मण्डलमा प्रदर्शन गरिएको छ।
द्वन्दकालमा काभ्रेका अर्जुन लामाको हत्या आरोपी सापकोटालाई सभामुख जस्तो गरिमामय पदको उम्मेदवार बनाएको भन्दै द्वन्दपीडितले माइतीघर मण्डलामा नागरिक खवरदारी निकालेका हुन् । सापकोटाको मुद्दा हाल सर्बोच्चमा बिचाराधिन अवस्थामा रहेको छ ।
बि सं २०६२ साल बैशाख १६ गते तत्कालिन माओवादीले लामालाई अपहरण गरेको थियो त्यसको दुई महिनापछि उनको शव गाडिएको अवस्थामा भेटिएको थियो । लामाकी पत्नी पूर्णमाया लामाले सापकोटा बिरुद्ध किटानी जाहेरी दिएकी थिइन् ।
उक्त मुद्दामा सर्बोच्च अदालतले सापकोटाबिरुद्ध सत्य निरुपण तथा मेलमिलाप आयोगमा परेको उजुरीको प्रतिलिपी मगाउन आदेश दिएको थियो । तर हालसम्म उनलाई दोषी ठहर गरिएको छैन ।
माइतीघरमा गरिएको प्रदर्शनमा द्वन्दपीडितले व्यक्ति हत्याका आरोपीलाई सभामुख बनाएर द्वन्द्वपीडितलाई अपमानित नगर्न आग्रह गरेका छन् ।
न्युज२४बाट साभार गरिएकाे
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता