आइतबारे रनिङ ट्रफी खुल्ला फुटबल प्रतियोगिताः जनता सेभेन फिक्कल र टि वाइ सि तिनघरे सेमिफाइनल प्रबेश


भ्रमण बर्ष २०२० सफल पारौ तथा लागू औसध, चेलिबेटी बेचबिखन ,एच आइ भि एड्स बिरुद्दको हाम्रो आवाज भन्ने नाराका साथ आइतबारे युवा क्लबको आयोजनामा बिरेन्द्र मा बि आइतबारेको खेल मैदानमा जारी १६ औ संस्करणकोआइतबारे रनिङ ट्रफी   खुल्ला फुटबल प्रतियोगिताको  आज सम्पन्न क्वाटर फाइनल खेलबाट बिजयी हुँदै जनता सेभेन फिक्कल र टि वाइ सि तिनघरे सेमिफाइनल प्रबेश गरेका छ्न।
आज सम्पन्न प्रतियोगिताको तेस्रो क्वाटर फाइनलमा ड्रीम्स क्लब जहरसिङगाउँ लाई ० का बिरुद्द ४ गोल गर्दै जनता सेभेन सेमिफाइनल प्रबेश गरेको हो।बिजयी टिमका लागि जर्सि न १५ का सचिन यल्मुले ह्याटि्रक  तथा जर्सि न ७ का अर्जुन राइले १ गोल गरेका थिए। 
त्यस्तै प्रतियोगिताको अन्तिम क्वाटर फाइनलमा फिक्कल एफ सि फिक्कललाइ ० का बिरुद्द ४ गोलले पराजित गर्दै टि वाइ सि तिनघरेले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो।बिजयी टि वाइ सि का तर्फबाट ज न १० का शेखर राइले हयाट्रीक तथा ज न १२ का पेम्बा यल्मुले १ गोल गरेका थिए।
प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा भोलि शिसा क्लासिक तिनघरे र जनता सेभेन फिक्कल   भिड्ने तथा अन्तिम सेमिफाइनल बिहिबार खुदुनाबारी स्पोर्टिङ क्लब र टि वाइ सि तिनघरेका बिच हुने आयोजक समितिका अध्यक्ष खड्ग प्रसाद दाहालले जानकारी दिनुभएको छ ।
माघ २ गतेबाट शुरु प्रतियोगितामा  इलाम र झापाका गरि १६ टिमको सहभागिता रहेको छ।  प्रतियोगिताको बिजेता टिमले नगद ८०१११र उपबिजयी टिमले ५०१११ प्राप्त गर्नेछ्न।प्रतियोगिताको फाइनल खेल माघ ११ गते शनिबार हुनेछ,फाइनल खेलको दिन दात,हाडजोर्नी,सुगर प्रेसर लगाएत रोगको परिक्षण हुने आयोजकले जनाएको छ
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता