इलामकाे राेङमा चितुवा आतंङ्क

इलाम ८ माघः इलामको रोङ गाउपालिका वडा नं ६ मा चितुवाको आतंक भएको छ ।  केही दिनयता रातको समयमा चितुवाले किसानले पालेको बाख्रा खाएर आतंकित बनाएको हो ।
रोङ ६ रम्म्याङ्गका किसान लोकबहादुर चौकटेको खोरैबाट बाख्रा र खसी खायो । त्यसकोे भोलिपल्ट रोङ ६ जौबारीको किसान खड्ग थापाको खसी चितुवाले खायो । रोङ ६ रम्भ्याङ्गका किसान डम्बर तामाङ्गको एक माउ बाख्रा र एउटा पाठो खोरैबाट लगेर खाएपछि किसान पिडित बनेका छन । रातको समयमा लगातार आइरहने भएको कारण कुन बेलामा के हुने हो किसानहरुमा चिन्ता बढेको छ । दिनमा जंगलमा बस्ने र रातको समयमा मात्रै आउने भएको कारण स्थानिय किसानहरुलाइ घाँस दाउराको लागि जंगल जान र हिडडुल गर्न समेत सकस पर्न थालेको छ ।
सन्दकपुर अनलाइनबाट साभार 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता