झापाकी एक महिलाको भारतमा दुर्घटनामा मृत्यु

झापा, ९ माघ । सवारी दुर्घटनामा परेर झापा गौरीगञ्जकी एक महिलाको भारतमा मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगञ्ज गाउँपालिका–५ फत्तेपुरकी ३५ वर्षीया करिस्मा गनगाईँ रहेका छन् ।
गौरीगञ्जस्थित फत्तेपुरबाट टेम्पुमा सवार भएर आफन्तको घर जाने क्रममा भारतको टेढागाछ लालपानी भन्ने स्थानमा दुर्घटना हुँदा उनको मृत्यु भएको हो । दुर्घटनामा परी सोही वडाका बबिता गनगाईं र निलम गनगाईँ सामान्य घाइते भएका छन् ।
टेम्पु अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको थियो । मृतक गनगाईंको शव परीक्षणका लागि किसनगञ्ज अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक गणेश भट्टराईले बताउनुभयो । – रासस
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता