पश्चिमी न्यूनचापिय प्रणालीका कारण देशभरको मौसम बदली, अधिकांश ठाउँमा पानी पर्ने

इलाम, १७ पुसः बुधबार देखी आएको मौसम बदलीका कारण देशभरको जनजीवन कष्टकर बनेको छ । पश्चिमी न्यूनचापिय प्रणालीका कारण भएको देशभरको मौसम बदली भइरहेको हो ।
जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार पश्चिमका केहि भागका पानी परिरहेको छ भने देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भइरहेको छ।
महाशाखाका अनुसार दिउसो देशका धेरै स्थानमा पानी पर्ने सम्भावना रहेको छ । साथै काठमाडौं उपत्यकासहित मध्य, पुर्व र पश्चिमका अधिकांश स्थानको मौसम पूर्ण रुपमा बदली भइ अधिकांस स्थानमा पानी पर्ने छ ।
केहिदिन यता नेपालमा भित्रिएको पश्चिमी न्युन चापिय प्रणालीको असरका कारण देशका धेरैजसो स्थानको मौसम पूर्ण रुपमा बदली भई ठाउँ ठाउँमा वर्षा र हिमपात भइरहेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता