पेट्रोल, डिजल र मट्टितेलकाे मूल्य बढ्याे

काठमाडौं, १७ पुस : नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । बुधबार मध्य रातबाट लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ बढाएको नेपाल आयल निगमले जानकारी दिएको हो ।
अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ११ पुगेको छ भने डिजेल र मट्टीतेलको १ सय रुपैयाँ कायम भएको छ ।
हवाई ईन्धन र खाना पकाउने एलपी ग्यासको विक्री मूल्य भने यथावत राखिएको आयल निगमले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता