कोरोना भाइरसले नेपाल पनि त्रासमा, माक्सको अभाव

काठमाडौं, १७ माघ । समस्या परेपछि मात्रै समाधान खोज्ने हाम्रो प्रबृत्ति कोरोना भाइरसको सन्दर्भमा पनि दोहोरिएको छ ।
केही वर्ष यता बन्द रहेको त्रिभूवन विमानस्थलको ‘हेल्थ डेस्क’ कोरोनाकै लागि सञ्चालनमा ल्याउनु त्यसको एउटा उदाहरण हो । यस्तै, सामान्य रुघाखोकीका विरामी पनि भाइरसको आशंकामा अस्पताल पुग्न थालेका छन्, भने संक्रमणबाट बच्न प्रयोग गरिने ‘माक्स’समेत अभाव हुन थालेको छ ।
सरकारी संयन्त्र नै हल्ला, सनक र शंकाबाट सञ्चालित हुने नेपालजस्तो मुलकमा संसारभर फैलिसकेको सरुवा रोग फेला पर्दा समाजमा त्रास फैलनु स्वाभाविकै हो ।
त्यसमाथि पनि विहीबार विश्व स्वास्थ्य संगठनले विश्वव्यापी संकटकालको घोषणा गरेपछि झन् यसको त्रास बढ्दो छ । भाइरसका कारण मृत्यु हुनेको संख्या २ सय १३ पुगेको छ भने चीनबाहेक अन्य देशमा समेत संक्रमण फैलिएको छ ।
यही त्रासले पछिल्ला केही दिनमा सामान्य रुघाखोकीमा पनि अस्पताल पुग्नेको संख्या बढ्दो छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्रै यो साता २१ सय बिरामीमध्ये अधिकांश रुघाखोकीका बिरामी आएको तथ्यांक छ । उता, संक्रमण रोक्न प्रयोग गरिने माक्सको खपत पनि बढेको छ ।
बिकसित मुलुकलाई संक्रमण रोक्न विभिन्न संयन्त्र परिचालन हुँदा पनि रोकथाम हुन नसकिरहँदा नेपालमा फैलिए भयावह स्थिति उत्पन्न हुने भन्दै सर्वसाधारण पनि त्रासमा छन् ।
कोरोना भाइरसबाट बच्न हाल विभिन्न प्रकारका माक्स प्रयोग गर्ने गरेको पाइएको छ । तर, भाइरसको संक्रमणबाट बच्न प्रतिरोधी विश्व स्वास्थ्य संगठनले प्रमाणित गरेको ‘एन नाइण्टी फाइभ मास्क’ उपयुक्त हुने विज्ञको तर्क छ ।
चिकित्सकका अनुसार रुघाखोकी लाग्ने बित्तिकै कोरोना भाइरस परीक्षण गर्नु पर्दैन । तर, यदि अत्याधिक ज्वरो आएमा वा श्वासप्रश्वासमा समस्या हुनुका साथै जोर्नी दुखेमा जाँच गराउनुपर्दछ ।
कोरोना भाइरसबाट बच्न सरसफाईमा ध्यान दिनुका साथै भिडभाडमा नजान समेत चिकत्सकको सुझाब छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता