इलामको माङसेवुङमा अबैध हातहतियार सहित २ जना पक्राउ

इलाम, १८ माघः  इलामको  माङसेवुङ गाउँपालिकाको तितिरबोटेमा अवैघ हतियार सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा माङसेवुङ ३ का शिवकुमार राई र विशालराई रहेका छन् । उनिहरुको साथबाट प्रहरी दुई थान भरुवा बन्दुक थान लोड गरेर बोकी हिडीरहेको अवस्थामा फेला पारी सोमा प्रयोग गरिने बारुद र छर्रा (किटका टुक्रा) हरुपनि बरामद गरेको छ । 
हतियारधारी मानिसहरुको गतिविधी रहेको छ भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय इलाम र ईलाका प्रहरी कार्यालय मंगलबारे इलामको संयुक्त प्रहरी टोलीले माङसेवुङ गाउँपालिकाको एरियामा खोजतलास एंव गस्ति गर्दै जादा बुधबार पक्राउ गरेको हो ।
प्रहरीले विहीबारनै पक्राउ परेको दुवै जनालाई इलाम जिल्ला अदालतबाट दिन ७ म्याद थप गरी हातहतियार खरखजना मुद्दामा आवस्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी गराएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता