माइभ्याली गोल्डकपको छैटौं संस्करण फागुन १५ गतेदेखि, जापानी फुटबल टोली पनि आउने


  • विनय तिम्सीना,

 हेर्नुहाेस भिडियाे
इलाम, १८ माघ । इलाममा माइभ्याली गोल्डकपको तयारी शुरु गरिएको छ । नेपालकै चर्चित फुटबल प्रतियोगिता माईभ्याली गोल्डकपको छैटौँ संस्करण सञ्चालनको लागि यस अघिनै अखिल नेपाल फुटबल संघ (एन्फा)ले फागुन १५ देखि फागुन २४ गतेको अनुमति प्रदान गरिसकेको थियो ।
नेपाली सेनाको स्वामित्वमा रहेको इलामको ठूलो टुँडिखेलमा हुने यो प्रतियोगिताको लागि आयोजक माइभ्याली फुटबल क्लवले खेल मैदानको मर्मत तथा चौर हरियो बनाउने काम केही दिन अघि देखि शुरु गरेको छ । त्यस्तै खेल हेर्नको लागि बाँसको अस्थायी प्याराफिट बनाउने काम पनि शुरु गर्न लागेको छ ।
मैदानले धेरै दर्शक तथा खेल प्रेमीलाई लोभ्याएको र अहिले पनि खेल मैदानमा चौर हरियो बनाउन लागि रहेको र मर्मत गरिरहेको माइभ्याली फुटबल क्लवका अध्यक्ष धिरेन चेम्जुङ बताउँछन् ।
अहिले खेल मैदानमा पानी लागउने मर्मत गर्ने र अस्थायी प्याराफिट बनाउने काम भइरहेको छ । वर्षेनी अस्थायी प्याराफिटमा ६ लाख भन्दा वढि लागनी गर्ने गरेको पनि माइभ्याली फुटबल क्लवले बताएको छ । खेल मैदानमा स्थायी प्याराफिट नभएको कारणले गर्दा पनि खेल सञ्चालनमा कठिनाई हुने गरेको छ ।
माइभ्याली फुटबल क्लवले शनिबार इलाम सदरमुकाममा पत्रकार सम्मेलन गर्दै इलाममा सञ्चालन हुने माइभ्याली गोल्डकपमा १० वटा टिमको सहभागिता रहने छ जानकारी दिएको छ ।
६ वटा नेपालका टीम र चार वटा विदेशी टीमको खेल दर्शहरुले हेर्न पाउँने पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो । नेपालका एडिभिजनका ४ वटा क्लवहरु रहने छन् ।

विदेशी टीममा भारतको नागालाइनको कोइमा इगल, कोलकत्ताको ममोडन स्पोटीङ क्लव  र दार्जिलिङको दार्जिलिङ ११ आउने निश्चित भएको र एउटा जापानको टीम सहभागी हुने आयोजकले जानकारी गराएको छ ।
प्रतियोगिताको विजेताले आठ लाख नगद र ट्रफी पाउने छ भने उपविजेताले ६ लाख पाउने छ । प्रतियोगिताको प्रत्येक खेलको म्यान अफ द म्याच घोषित हुने खेलाडी र म्यान अफ द टुर्नामेन्टले पुरस्कार पाउने  जानकारी पनि माइभ्याली क्लबले दिएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता