सुनसरीमा माइक्रो र यात्रुबस आपसमा ठोक्किँदा ४ काे ज्यान गयाे, १४ जना घाइते

सुनसरी, १९ माघ । सुनसरीमा माइक्रो र यात्रुबस एक-आपसमा ठोक्किँदा चारजनाको मृत्यु भएको छ भने केही यात्रु घाइते भएका छन् ।
सुनसरीको तित्रीवनमा आज बिहान हुस्सु लागेको बेला माइक्रो र बस ठक्कर खाएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
काठमाण्डाैँ हिँडेको बा ५ ख ३१५७ नम्बरको हाईस र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ७९५ नम्बरको बस आपसमा ठोक्किँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको हो ।
घटनामा माइक्रोबसका चालक दीपक खडका, झापा भद्रपुरका ७५ वर्षीय हेमराज र उनी श्रीमती ६५ वर्षीया डोलमाया कोइरालाको मृत्यु भएको प्रहरीले जनाएको छ । धादिङ घर भएका चालक खड्कासहित कोइराला दम्पतीकाे घटनास्थलमै ज्यान गएको हो भने । घाइते गरिमा गौतमको उपचारको क्रममा धरानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा बसमा सवार ३ जनासहित १४ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
होमबहादुर कार्की, टंकप्रसाद काफ्ले र सावित्री राईको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको हाे ।
घाइतेहरुको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, एपेक्स हस्पिटल इटहरी र गोल्डेन हस्पिटल विराटनगरमा उपचार भैरहेको छ ।
न्युज24बाट साभार गरिएकाे
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता