मरव इलाम क्याम्पस प्रमुखको कुर्सी जलाउनेलाई कारवाहीको माग गर्दै नेविसंघ

इलामः इलाममा रहेको त्रिभुवन विश्वविद्यालयअन्तर्गतको एकमात्र आङ्गिक क्याम्पस देशकै उत्कृष्ट क्याम्पसको रूपमा घोषित महेन्द्र रत्न बहुमुखी क्याम्पसमा विगत लामो समय देखि प्रशासनिक काम ठप्प हुने गरी अखिल नेपाल स्वतन्त्र विद्यार्धी युनियनले विभिन्न १८ वुँदे माग राख्तै क्याम्पसमा रहेको प्रशासनिक भवनमा ताला वन्दी गरेको नेपाल विद्यार्थी संघले आज (वुधबार) फुटाएको थियो वुधकारनै फेरी अनेरास्ववियुले ताला लगाएको छ । यसै क्रममा  क्याम्पस प्रमुखको कुर्सी पनि जालाइएको छ । क्याम्पस प्रमुखको कुर्सी नेपाल विद्यार्थी संघले जलाएको आरोप लाउँदै अनेरास्ववियुले  क्याम्पस प्रमुखको इसारामा नेपाल विद्यार्थी संघले ताला फुटाएको आरोप पनि लगाउँदै एक विज्ञप्ती जारी गरेको थियो । नेपाल विद्यार्थी संघले विहीबार फेरी पत्रकार सम्मेलन गर्दै एक विज्ञप्ती जारी गरी क्याम्पसमा भई रहेको गतिविधि विद्यार्थीको हितमा नभएको र विद्यार्थीको हितमा सँधैव नेविसंघले कार्य गर्ने वताउँदै क्याम्पस प्रमुखको कुर्सी जलाउने र झ्यालका सिसा तोडफोठड गर्नेलाई कारबाहीको माग गरेको छ । 
शैक्षिक मुद्धाहरु पुराभई सकेको अवस्थामा क्याक्पसलाई एक व्याक्तिको इसारामा क्याम्पसमा तालाबन्दी गरेर अनिर्णयको बन्दी बनाउनु दुखको कुरा भएको कार्यवहाग जिल्ला अध्यक्ष प्रकास भट्टराईले वताए सथै यसको निकासको लागि  नेपाल विद्यार्थी संघले रचनात्मक आन्दोलन गर्ने पनि वताए । यता नेपाल विद्यार्थी संघका क्याम्पस संयोजक धनकुमार राई (वविन) ले मुद्धा हारेको क्याम्पस सञ्चालक समितिले क्याम्पसको हितमा काम गर्न नसक्ने र तत्काल राजिनामा दिएर बोटो प्रसस्त गर्नुपर्ने वताए । 
यता क्याम्पस प्रमुख गुरागाई भने आफुलाई क्याम्पसको पक्षमा काम गर्न नदिएको गुट वन्दीको राजनीति गरेर क्याम्पसलाई नै धरापमा परेको आरोप लगाउँछन् । अहिले राखिएका मागहरु विद्यार्थीको  पक्षमा नभएको र विद्यार्थीको हक र अधिकारका लागि आफु सँधै लागिपर्ने वताउँछन् । 
मरव क्याम्पस इलाममा भईरहेको गतिविधिले यति वेला इलाम बजार राम्रै तातेको छ । विद्यार्थीलाई शिक्ष दिने क्याम्पसमा अनेक किसिमका गतिविधिले क्याम्पसको भविष्यनै अन्धकार हुने जानकारहरु वताउँछन् । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता