मरव क्याम्पसमा नेविसंघले फुटाएको तला अनेरास्ववियुले फेरी लगायो, क्याम्पस प्रमुखको कुर्सी जलायो

इलामः इलाममा रहेको त्रिभुवन विश्वविद्यालयअन्तर्गतको एकमात्र आङ्गिक क्याम्पस देशकै उत्कृष्ट क्याम्पसको रूपमा घोषित महेन्द्र रत्न बहुमुखी क्याम्पसमा विगत लामो समय देखि प्रशासनिक काम ठप्प हुने गरी अखिल नेपाल स्वतन्त्र विद्यार्धी युनियनले विभिन्न १८ वुँदे माग राख्तै क्याम्पसमा रहेको प्रशासनिक भवनमा ताला वन्दी गरेको नेपाल विद्यार्थी संघले वुधबार फुटाएको थियो वुधबारनै फेरी अनेरास्ववियुले ताला लगाएको छ । ताला लगाउने क्रममा अनेरास्ववियुले क्याम्पस प्रमुखको कुर्सी पनि जालाएको छ । क्याम्पस प्रमुखको इसारामा नेपाल विद्यार्थी संघले ताला फुटाएको आरोप पनि अनेरास्ववियुका सह–संयोजक विपिन पोख्रेलले लागएका छन् । यता क्याम्पस प्रमुख गुरागाई भने आफुलाई क्याम्पसको पक्षमा काम गर्न नदिएको गुट वन्दीको राजनीति गरेर क्याम्पसलाई नै धरापमा परेको आरोप लगाउँछन् । अहिले राखिएका मागहरु विद्यार्थीको  पक्षमा नभएको र विद्यार्थीको हक र अधिकारका लागि आफु सँधै लागिपर्ने वताउँछन् । 
मरव क्याम्पस इलाममा भईरहेको गतिविधिले यति वेला इलाम बजार राम्रै तातेको छ । विद्यार्थीलाई शिक्ष दिने क्याम्पसमा अनेक किसिमका गतिविधिले क्याम्पसको भविष्यनै अन्धकार हुने जानकारहरु वताउँछन् । 


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता