मरव क्याम्पस इलाममा अनेरास्ववियुले लगाएको ताला नेविसंघले फुटायो

इलामः इलाममा रहेको त्रिभुवन विश्वविद्यालयअन्तर्गतको एकमात्र आङ्गिक क्याम्पस देशकै उत्कृष्ट क्याम्पसको रूपमा घोषित महेन्द्र रत्न बहुमुखी क्याम्पसमा विगत लामो समय देखि प्रशासनिक काम ठप्प हुने गरी अखिल नेपाल स्वतन्त्र विद्यार्धी युनियनले विभिन्न १८ वुँदे माग राख्तै क्याम्पसमा रहेको प्रशासनिक भवनमा ताला वन्दी गरेको नेपाल विद्यार्थी संघले आज (वुधबार) फुटाएको छ ।
सोमबार साँझ  क्याम्पसमा अनेरास्ववियुमा पनि ताला लगाएको खोल्ने र नखोल्ने विषयमा विवाद भए पछि कुटाकुट र झ्यालको सिसा तोडफोड गरेका छन् । विद्यार्थीहरुले तोडफोठड गरेको क्षतिको प्रहरी गएर सरजिविन मुचुल्का उठाएको थियो ।  आज नेपाल विद्यार्थी संघका विद्यार्थीहरुले प्रशासनिक भवनमा लगाएको तला फोरेर क्याम्पसका नियामित कामहरु गर्न क्याम्पस प्रमुखलाई अनुरोध गरेर विज्ञप्ती समेत प्रकाशन गरेको छ ।  
क्याम्पसमा विदाको विषयमा भएको अदालतको फैसला समेत कति प्रध्यापकहरुले मानेका छैनन् । अदालतले फैसला गर्दै विदाको सूचना क्याम्पस प्रमुखले गरेको विदाको सूचना सहि भने पछि क्याम्पस सञ्चालक समितिले गरेको विदा स्वतः खरेजी भए पछि क्याम्पस सञ्चालक समिति अप्ठ्यारामा परेको हो । मुद्धा हारेको सञ्चालक समितिले नैतिकताको आधारमा राजिनामा गर्नु पर्ने नेपाल विद्यार्थी संघका मनवकी संकायका प्रमुख अल्फा राईले वताउँछन् । 
यता क्याम्पस प्रमुख गुरागाई भने आफुलाई क्याम्पसको पक्षमा काम गर्न नदिएको गुट वन्दीको राजनीति गरेर क्याम्पसलाई नै धरापमा परेको आरोप लगाउँछन् । अहिले राखिएका मागहरु विद्यार्थीको  पक्षमा नभएको र विद्यार्थीको हक र अधिकारका लागि आफु सँधै लागिपर्ने वताउँछन् । 
मरव क्याम्पस इलाममा भईरहेको गतिविधिले यति वेला इलाम बजार राम्रै तातेको छ । विद्यार्थीलाई शिक्ष दिने क्याम्पसमा अनेक किसिमका गतिविधिले क्याम्पसको भविष्यनै अन्धकार हुने जानकारहरु वताउँछन् । 



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता