इलाम नगरपालिकामा भष्ट्रचार र कर बृद्धि विरुद्ध इलाम काँग्रेसको ज्ञापन पत्र

इलाम, २६ इलामः स्थानीय तहमा बढेको बेतिथी र अनियमिता बिरुद्ध नेपाली कांग्रेसले खबरदारी गर्दै आइतबार इलाम नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ । इलाम नगरपालिकाका उप–प्रमुख सुशिला नेम्वाङलाई सो ज्ञापन पत्र वुझाईएको हो । ज्ञापन पत्र वुझाउन नेपाली कांग्रेस इलाममका सभापति हिमालय कर्माचाय, सचिव खगेन्द्र देवान, नेपाली कांग्रेसका नेताहरु तोयानथ भट्टराई, भेषराज आचार्य, नरेन्द्र कुमाल, डम्बर खड्का लगायतको उपस्थिति थियो ।  नेपाली कांग्रेस इलामले जिल्लाका सबै स्थानिय तहमा ज्ञापनपत्र बुझाउँदै खबरदारी गर्ने पनि जनाएको छ ।  
देशमा नै पहिलो पटक यस्तो खवरदारी सहित ज्ञापनपत्र बुझाउन लागएको नेपाली कांग्रेस इलामका सचिव खगेन्द्र देवानले जानकारी दिए ।  उनका अनुसार जिल्लाकै सूर्योदय, देउमाई र माई नगरपालिकामा २९ गते ज्ञापनपत्र बुभाउने कार्यक्रम तय भएको वताए । आगामी फागुन २ गते जिल्लाका अन्य सबै स्थानिय तहमा ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरिएको नेपाली कांग्रेस इलामले जानकारी दिएको छ । स्थानीय तहमा भएको अनियमितताको निगरानीको लागि नेपाली कांग्रेस जिल्ला कार्यसमिति इलामले महासमिति सदस्य नगेन्द्र कुमालको संयोजकत्वमा समिति निर्माण गरेको थियो । 

स्थानिय तहमा बढेको भ्रष्टाचार, अनियमितता, कर्मचारी नियुक्तिमा एकलौटी पन र सार्वजनिक खरिद ऐन अनुसार गर्नुपर्ने काममा ब्यक्तिगत निर्णय हुने गरेका भन्दै त्यसको भण्डाफोर गर्न संघर्ष सहितका कार्यक्रम गर्न लागिएको प्रसारप्रचार समितिका संयोजक थापाले जानकारी दिए । उनका अनुसार स्थानिय तहमा बढेको भ्रष्टाचार नियन्त्रण गर्न यस कार्यक्रमले सघाउ पुर्याउने नेपाली कांग्रेस इलामका सभापति हिमालय कर्मचायले वताए ।




प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता