
इलाम, २६ माघः इलामको सन्दकपुर गाउँपालिका ३ आँपटारमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । शुक्रबार जिल्ला प्रहरी कार्यालयमा एक मृत व्याक्ति फेला परेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयको टोली गएर सो शवको मुचुल्का गरी इलाम अस्पतालको शव गृहमा ल्याएको छ । आर्यन मुलका अन्दाजी ३०–३२ वर्षका गहुँगोरा वर्णको मानिको सव भएको जिल्ला प्रहरी कार्यालय इलमले जानकारी गराएको छ । निजले कालोमा सेतो धर्सा भएको ट्राउजर, हरियो भेस्ट, कोलो ज्याकेट र कालो प्लास्टीकको जुत्ता लगाएको ५ फिट २ इन्च उचाई भएको हल्का दारी जुंगा आएको पुरुष मानिस रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यो समचार तयार पर्दा सम्म मृतकको पहिचान हुन नसकेको र कसैले मृतकलाई पहिचान गरेमा जिल्ला प्रहरी कार्यालय इलाममा खवर गरिदिनुहुन पनि अनुरोध जिल्ला प्रहरी कार्यालयले गरेको छ ।