इलामममा राष्ट्रिय नाटक महोत्सव सम्पूर्ण तयारी पुरा

  • विनय तिम्सीना

इलाम, २५ माघ इलाममा भोलीदेखि (आइतबार) इलाममा शुरुहुने पाँच दिने ‘इलाम राष्ट्रिय लोक नाटक महोत्सव–२०७६’ को सम्पूर्ण तयारी पुरा भएको  छ ।
साँस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) काठमाडौंको आयोजना, इलाम नगरपालिकाको  साहित्य कला संगीत प्रतिष्ठान र चेतना नाट्य समूहको सहआयोजनामा महोत्सव गर्न लगाइएको हो ।
‘लोक नाटक, लोक संस्कृति लोप हुदै गएकोले यसलाई संरक्षण गर्न महोत्सव आयोजना गरिएको’ आयोजकले वताएको छ ।  रङ्गमञ्चमा धेरै परिवर्तन र उत्तारचढाव आइसकेकोले प्रयोगको नाममा नेपाली परम्परका संस्कृति हराउदै जाने भएकाले पनि लोक नाटक महोत्सवको आवश्यकता रहेको आयोजकले वताए ।
भ्रमण वर्ष २०२० लार्ई लक्षित गरी नाटकलाई पर्यटनसँग जोड्नको लागि महोत्सवमा सहभागीहरुले इलामको पर्यटकीय स्थानको बारेमा जानकारी पाउने भएकोले इलामको प्रचार समेत हुने इलामका सहआयोजक वताउँछन् । 
नाटक महोत्सवमा ७ वटै प्रदेशको एक एक वटा नाटक मञ्चन हुनेछन् । संस्थानले सबै प्रदेशबाट प्रतिनिधित्व रहनेगरी नाटक छनौट गरीसकेको छ भने सहआयोजक चेतना नाट्य समुहले पनि एउटा नाटक प्रस्तुत गर्ने भएको छ । प्रदेश १ बाट ‘सुम्निमा–पारुहाङ’, २ बाट ‘कनन हरलता’, बागमतीबाट ‘राजकुमारको मल्ल युद्ध’, गण्डकीबाट ‘नमबुद्ध’, ५ बाट ‘कजरी’ कर्णालीबाट ‘छैंटी’ र प्रदेश ७ बाट ‘लोली सञ्जा’ नाटक मञ्चन गरिनेछ  निश्चय भइसकेको छ । इलाममा रहेको चेतना नाट्य समुहले आयोजकको तर्फबाट ‘थान’ एउटा नाटक प्रस्तुत गर्ने भएको छ ।
नाटक सम्बन्धी क्रियाकलाप खासै आयोजना नहुने भएकाले नाटक महोत्सवले मोफसलमा बसेर नाट्य क्षेत्रमा लाग्नेलाई थप प्रेरणा मिल्ने नाट्यकमी सुरेश पोर्तेलले वताउँछन्  । नाटकमा लाग्दै गरेकाहरुका लागि महोत्सवबाट धेरै कुराहरु सिक्न सकिने अपेक्षा छ । यो सँगै युवा पुस्ताले नेपाली लोक परम्परा संस्कृतिको बारेमा जानकारी पाउने पोर्तेलले बताए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता