इलामका स्थानीय तहमा कांग्रेसको खबरदारी

इलाम, २५ इलामः स्थानीय तहमा बढेको बेतिथी र अनियमिता बिरुद्ध नेपाली कांग्रेसले खबरदारी गर्ने भएको छ । नेपाली कांग्रेस इलामले जिल्लाका सबै स्थानिय तहमा ज्ञापनपत्र बुझाउँदै खबरदारी गर्ने भएको हो ।
देशमा नै पहिलो पटक यस्तो खवरदारी सहित ज्ञापनपत्र बुझाउन लागएको नेपाली कांग्रेस इलामका प्रसारप्रचार विभाग प्रमुख केदार थापाले जानकारी दिनुभयो । उहाँका अनुसार माघ २६ गते इलाम नगरपालकामा ज्ञापत्रपत्र बुझाउने कार्यक्रम तय भएको छ । त्यस्तै जिल्लाकै सूर्योदय, देउमाई र माई नगरपालिकामा २९ गते बिज्ञप्ति बुभाउने कार्यक्रम तय भएको बताइएको छ । आगामी फागुन २ गते जिल्लाका अन्य सबै स्थानिय तहमा ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरिएको नेपाली कांग्रेस इलामले जानकारी दिएको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति इलामले महासमिति सदस्य नगेन्द्र कुमालको संयोजकत्वमा समिति निर्माण गरेको छ । 
स्थानिय तहमा बढेको भ्रष्टाचार, अनियमितता, कर्मचारी नियुक्तिमा एकलौटी पन र सार्वजनिक खरिद ऐन अनुसार गर्नुपर्ने काममा ब्यक्तिगत निर्णय हुने गरेका भन्दै त्यसको भण्डाफोर गर्न संघर्ष सहितका कार्यक्रम गर्न लागिएको प्रसारप्रचार समितिका संयोजक थापाले जानकारी दिए । उनका अनुसार स्थानिय तहमा बढेको भ्रष्टाचार नियन्त्रण गर्न यस कार्यक्रमले सघाउ पुर्याउने वताइएको छ । 
नेपाली कांग्रेस इलामले भर्खरै बिभिन्न बिषयगत समिति निर्माण गरेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता