इलाममा बहुउद्देश्यीय सहकारीहरुको जिल्लास्तरीय संघमा युवराज घोर्साई

इलाम, २४ माघः इलाममा पहिलो पटक बहुउद्देश्यीय सहकारीहरुको जिल्लास्तरीय संघ गठन भएको छ । जिल्ला सहकारी संघ इलामको अगुवाईमा इलाम बहुउद्देश्यीय जिल्ला सहकारी संघ गठन भएको हो । युवराज घोर्साईको अध्यक्षमा गठित समितिको उपाध्यक्षमा अनिता श्रेष्ठ, सचिवमा नरेन्द्र आचार्य, कोषाध्यक्षमा हिमा गौतम रहेका छन् । समितिको सदस्यहरुमा पृथसिंह सुनुवार, उमा खतिवडा पौडेल र देवी खड्का रहेकी छिन् ।
लेखा समितिको संयोजकमा लोकबहादुर थापा रहेका छन् भने सदस्यहरुमा गंगामाया एक्तेन र चित्रबहादुर बस्नेत रहेका छन् । 
इलाम बहुउद्देश्यीय जिल्ला सहकारी संघ गठन कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै जिल्ला सहकारी संघ इलामका उपाध्यक्ष लिलाप्रसाद थपाले सहकारी ऐन २०७४ ले बहुउद्देश्यीय र कृषि सहकारीहरुलाई विभेद गरेको बताए । उनले राज्यको विभेदकारी नीतिका विरुद्ध लड्न र ऐन संसोधनको पहल गर्नका लागि पनि बहुउद्देश्यीय जिल्ला सहकारी संघको आवश्यकता रहेको बताए । कार्यक्रमका प्रमुख अतिथि तथा बहुउद्देश्यीय सहकारी संघ केन्द्रिय प्रतिनिधि सनिपकुमार भुजेलले विषयगत सहकारीहरु को संगठन र हितको लागि संघको आवश्यकता भएको बताए । 
कार्यक्रमकी अध्यक्ष तथा जिल्ला सहकारी संघ इलामकी अध्यक्ष विष्णु दहालले जिल्ला सहकारी संघका अवयवहरु आआफ्नो स्थानबाट सहकारीको आन्दोलनमा होमिन र संघलाई मजवुद बनाउन बहुउद्देश्यीय जिल्ला सहकारी संघ गठन गरिएको बताईन् । कार्यक्रममा जिल्ला कृषि सहकारी संघ इलामका तिलक थापा, जिल्ला सहकारी संघका कृष्ण बस्नेत, सहकारी विज्ञ सुदिप श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता