झापाको चारपानेमा हत्या गरी जलाएको अवस्थामा शव फेला


झापा, २१ माघ । झापाको बिर्तामोड–२ चारपानेमा एक जनाको हत्या गरी जलाएको अवस्थामा शव फेला परेको छ ।
प्रहरीका अनुसार अर्धबैंशे उमेरको पुरुषको शव परालमा जलेको अवस्थामा मंगलबार बिहान फेला परेको हो ।
स्थानीयले बिहान शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थल वरपर रगत लत्तपत्तिएकोले धारिलो हतियार प्रहार गरी हत्या गरेर जलाउन खोजिएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार शव जलेको र अनुहारमा चोट समेत रहेकाले मृतकको पहिचान खुल्न सकेको छैन । घटनाको अनुसन्धानका लागि प्रहरीले आज विहानैदेखि सो क्षेत्रमा सुरक्षा तैनाथी बढाएको छ । प्रहरीले तालिम प्राप्त कुकुर ल्याएर अनुसन्धान सुरु गरेको छ ।
न्युज24बाट साभार गरिएकाे 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता