राष्ट्रपति रनिङ शिल्ड इलामको उपाधी जुविलेन्ट इलाईटलाई, साेही कार्क्रममा सागमा पदकधारी खेलाडीलाई सम्मान

इलाम, १४ फागुनः जिल्ला खेलकुद विकास समितिको आयोजनामा सोमबार देखि शुरु भएको राष्ट्रपति रनिङ शिल्ड इलामको उपाधी इलाम नगरपालिका ७ मा रहेको जुविलेन्ट इलाईटले हात पारेको छ । बुधबार भएको अन्तीम राउण्डसम्ममा इलाइटले आठ स्वर्ण सहित प्रथम स्थान हासिल गरेको हो । प्रतियोगितामा शान्तिनिकेतन मावी रोङ गाउँपालिका चर स्वण र तीन रजतसहित दोस्रो स्थानमा र भानुभक्त मावि देउमाई नगरपालिका ४ स्वण र एक रजतसहित तेस्रो स्थान हासिल गर्न सफल भएको छ । इलाइटले उपाधी आफ्नो नाम गर्दैगर्दा तेक्वन्दो तथा उसु विदाको उत्कृष्ट विद्यालयको ट्रफि पनि आफ्नो पक्षमा पर्न सफल भएको छ । 
यसै कार्यक्रमा इलामबाट साफ गेममा सहभागी भई पदक विजेता ७ जना खेलाडी र निर्णयकको भूमिका निर्वहा गर्ने इलामका एकमात्र निर्णयक भिम पौडेललाई पनि  नगद तथा सम्मान पत्रले सम्मान गरेको थियो । 
उक्त कार्यक्रममा प्रमुख अतिथि रहेका सूर्योदय नगरपाकिलाका नगर प्रमुख रन बहादुर राई पदक तथा प्रमाणपत्र वितरण गरेका थिए । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता