माइभ्याली गोल्डकप: भारतको नागल्याण्ड लिग विजेता इगल विरुद्ध गोर्खा ब्वाइजको जीत निकाल्नै पर्ने दवाव

इलाम, १५ फागुनः इलामको ठूलो टुडिखेलमा आजबाट शुरुहुने छैटौँ संस्करणको माइभ्याली गोल्डकपमा गोर्खा ब्वाइज रुपन्देही र भारतको कोइमा इगल नागाल्याण्ड भिड्दैछन् । माइभ्याली गोल्डकपको नयाँ टीमको रुपमा रहेको इगल र पहिलाका ३ वटा संस्करण खेलीसकेको रुपन्देही विच रोमाञ्चक खेलहुने अपेक्षा गर्न सकिन्छ । पहिलो संस्करण देखि लगातार तेस्रो संस्करण सम्म माइभ्याली गोल्डकपमा सहभागी भएको रुपन्देही सेमिफाइनल भन्दा माथी जान सकेको छैन । नयाँ टीमको रुपमा रहेको इगल  भने भर्रखरै समाप्त भएको नागाल्यण्ड लिग विजेता वन्दै उच्च मनोवलकासाथ इलाम आएको छ । आफ्ना नियामित खेल्ने ४ खेलाडीलाई उतै छोडेर आएको इगलको खेल कस्तो हुनेहो इलामेली दर्शकहरु हेर्न आतुर छन् । यता रुपन्देही भने पछिल्ला दुई वटा प्रतियोगितामा फाइनल पुगेर उपविजेता हुँदै चित्त वुझाएको र भर्रखरै भएको सताक्षीधाम गोल्डकपमा नेपालको ए डिभिजन लिग विजेता मछेन्द्र क्लबसँगको पहिलो चरणको खेलमै भएको हार भुलेर जित निकाल्ने दाउमा रहेको छ । रुपन्देही यस अघि उदयपुर गोल्डकपमा सशस्त्र प्रहरीको एपिएफसँग हार्दै उपविजेता बनेको थियो भने सिन्दुगोल्डकपमा जाउलाखेलसँग हार्दै उपविजेतामा नै चित्त वुझाएको थियो । 
माइभ्याली गोल्डकपमा नयाँ टीमसँगको भिडन्तमा उत्साहीत भएको प्रतियोगितामा उपाधि जित्ने लक्ष्य लिएर आएको रुपन्देहीका टीम मेनेजर दयाराम सापकोटा वताउँछन् । इगल पनि आफ्नो भएका खेल्लाडीहरुबाट वेस्ट खेल प्रदर्शन गर्ने र उपाधीको दावेदारी प्रस्तुत गर्ने वताउँदै आएका छन् । 
प्रतियागितामा नेपालका एडिभिजनका ३ वटा क्लवहरुमा लिग विजेता मछिन्द्र क्लव काठमाण्डौँ, उपविजेता नेपाल आर्मी क्लव, लिग तालिकाको सातौँ स्थानमा रहेको संकटा क्लब काठमाण्डौँ र अन्य नेपाली क्लब गोर्खा ब्वाइज रुपन्देही र झापाको झापा ११ रहने छन् । विदेशी टीमा भारतको नागालाइनको कोहिमा इगल फुटबल क्लब, कोलकत्ताको ममोडन स्पोटीङ क्लव र दार्जि्लिङको  एमएफसी दार्जि्लिङ र सिक्कीमको ग्यान्टोक सीटी फुटबल क्लब विचको खेल हेर्न सकिने भएको छ । आयोजकको माइभ्याली फुटबल क्लबले सहभागीता जनाउँने छ ।
प्रतियोगीताको विजेताले आठलाख नगद र ट्रफि पाउने छ उपविजेताले ६ लाख र प्रत्येक खेलको म्यानअफद म्याचल र म्यानअफद टुर्नामेन्टले पुरस्कार पाउने  आयोजकले जानकारी गराए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता