माइभ्याली गोल्डकपः गोर्खा ब्वाइजसँग कोइमा इगल चार शुन्यले पराजित

इलाम, १५ फागुनः इलामको ठूलो टुडिखेलमा आजबाट शुरु भएकाे छैटौँ संस्करणको माइभ्याली गोल्डकपमा गोर्खा ब्वाइज रुपन्देहीले  भारतको कोइमा इगल नागाल्याण्डलाई चार शुन्यले पराजित गरेको छ ।
हेर्नुहाेस खेलकाे भिडियाे

खेलको पहिलो हापमा दुवै टीमले राम्रो प्रदर्शन गरे पनि गोल रहित वरावरी रहयो ।दास्रो हाममा गोर्खा ब्वाजका विदेशी खेलाडी हामजटले गरेको गोलबाट अग्रता लिएको केही समय नवित्दै अर्का विदेशी खेल्लाडी जर्सी नं. सातका फोडे फोप्लाले अर्को गोल थपे ।  दोस्रो हाफमा कोइमा इगल निकै आक्रमक खेल खेल्दै धेरै अवसर पाए पनि  गोल गर्न सकेन ।  दोस्रो हाफको अत्यमा गोर्खा ब्वाइजका शक्ति राईले गोल गर्द तीन शुन्यको अग्रता दिलाए । व्यक्तीगत पहिलो गोल गरेको एक मिनेट नवित्दै शक्तिले नै अर्को गोल गरेर गोर्खा ब्वाजलाई चार शुन्यको जीत दिलाए । 
आजको खेलमा म्यानअफ दि म्याच गोर्खा ब्वाइजका शक्ति राई भए । उनले नगद दश हजार सहित ट्रफि पाएका छन ।
प्रतियागितामा नेपालका एडिभिजनका ३ वटा क्लवहरुमा लिग विजेता मछिन्द्र क्लव काठमाण्डौँ, उपविजेता नेपाल आर्मी क्लव, लिग तालिकाको सातौँ स्थानमा रहेको संकटा क्लब काठमाण्डौँ र अन्य नेपाली क्लब गोर्खा ब्वाइज रुपन्देही र झापाको झापा ११ रहने छन् । विदेशी टीमा भारतको नागालाइनको कोहिमा इगल फुटबल क्लब, कोलकत्ताको ममोडन स्पोटीङ क्लव र दार्जि्लिङको  एमएफसी दार्जि्लिङ र सिक्कीमको ग्यान्टोक सीटी फुटबल क्लब विचको खेल हेर्न सकिने भएको छ । आयोजकको माइभ्याली फुटबल क्लबले सहभागीता जनाउँने छ ।
प्रतियोगीताको विजेताले आठलाख नगद र ट्रफि पाउने छ उपविजेताले ६ लाख र प्रत्येक खेलको म्यानअफद म्याचल र म्यानअफद टुर्नामेन्टले पुरस्कार पाउने  आयोजकले जानकारी गराए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता