माइभ्याली गोल्डकपः आयोजकसँग भारतको ग्यान्टोक सीटी दुई शुन्यले पराजित

इलाम, १६ फागुनः इलामको ठूलो टुडिखेलमा बिहीबारबाट शुरुभएको छैटौँ संस्करणको माइभ्याली गोल्डकपमा आयोजक माइभ्याली फुटबल क्लवले भारतको ग्यान्टोक सीटी फुटबल क्लवलाई दुई शुन्यले पराजित गरेको छ ।
खेलको पहिलो हापमा दुवै टीमले राम्रो प्रदर्शन गरे पनि सिक्कीमको डिफेन्डरको गल्तीको फाइदा उठाउँदै आयोजकका विदेशी खेलाडी जोडन जुयनर डेम्लेले गोल गोल गर्दै एक शुन्यको अग्रता दिलाए । दास्रो हाफको इन्जुरी समयमा आयोजकका डेम्लेले नै आर्को गोल गर्दै आयोजकको जीत सुनिस्चीत गरेका थिए ।
आजको खेलमा म्यानअफ दि म्याच आयोजकका शिषिर लेखी भए । उनले नगद दश हजार सहित ट्रफि पाएका छन । खोलीको खेल झापा ११ र भरात दर्जिलिको एमएफसी विच हुने छ । 
प्रतियागितामा नेपालका एडिभिजनका ३ वटा क्लवहरुमा लिग विजेता मछिन्द्र क्लव काठमाण्डौँ, उपविजेता नेपाल आर्मी क्लव, लिग तालिकाको सातौँ स्थानमा रहेको संकटा क्लब काठमाण्डौँ र अन्य नेपाली क्लब गोर्खा ब्वाइज रुपन्देही र झापाको झापा ११ रहने छन् । विदेशी टीमा भारतको नागालाइनको कोहिमा इगल फुटबल क्लब, कोलकत्ताको ममोडन स्पोटीङ क्लव र दार्जिलिङको  एमएफसी दार्जिलिङ र सिक्कीमको ग्यान्टोक सीटी फुटबल क्लबले सहभागिता गनाएका छन् । आयोजकको माइभ्याली फुटबल क्लबले सहभागीता जनाउँने छ ।
प्रतियोगीताको विजेताले आठलाख नगद र ट्रफि पाउने छ उपविजेताले ६ लाख र प्रत्येक खेलको म्यानअफद म्याचल र म्यानअफद टुर्नामेन्टले पुरस्कार पाउने  आयोजकले जानकारी गराए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता