माइभ्याली गोल्डकपः झापा ११ लाई हराउँदै एमएफसी दार्जिलिङ सेमिफाइनलमा प्रवेश

इलाम, १७ फागुनः इलामको ठूलो टुडिखेलमा बिहीबारबाट शुरुभएको छैटौँ संस्करणको माइभ्याली गोल्डकपमा पाहुना टोली  भारतको एमएफसी दार्जिलिङले जीत हात पारेको छ । दुई पटकको उपाधि विजेता झापा ११ लाई २–१ ले हराउँदै दार्जिलिङ सेमिफाइनलमा प्रवेश गरेको छ ।
हेर्नुहाेस खेलकाे  भिडियाे


खेलको पहिलो हापमा दुवै टीमले राम्रो प्रदर्शन गरेका थिए । खेलको पहिलो हाफमा तइसौँ मिनेटमा एमएफसी दार्जिलिङका जर्सी नम्बर ११ का फेनीसाई लाथोङले गोल गर्दै दार्जिलिङलाई अग्रता दिलाएका थिए । दोस्रो हाफ शुरुभएको तेस्रो मिनेटमा नै फेरी फेनीसाईले व्याक्तिगत दोस्रो गोल थप्दै दार्जिलिङको अग्रता दोब्बर बनाए ।  झापा ११ का जर्सी नंं. ९ का  खेलाडी सरोज कार्कीले एक गोल गर्दे टीमलाई सान्तवना गोल फर्काएका थिए । खेलको म्यान अफदि म्याच एमएफसी दार्जिलिङका फेनीसाई लाथोङ भए । उनले नगद दश हजार सहित ट्रफि पाएका छन । भोलीको खेल नेपाल आर्मी  क्लब र संकटा क्लब विच हुने छ ।
प्रतियागितामा नेपालका एडिभिजनका ३ वटा क्लवहरुमा लिग विजेता मछिन्द्र क्लव काठमाण्डौँ, उपविजेता नेपाल आर्मी क्लव, लिग तालिकाको सातौँ स्थानमा रहेको संकटा क्लब काठमाण्डौँ र अन्य नेपाली क्लब गोर्खा ब्वाइज रुपन्देही र झापाको झापा ११ रहने छन् । विदेशी टीमा भारतको नागालाइनको कोहिमा इगल फुटबल क्लब, कोलकत्ताको ममोडन स्पोटीङ क्लव र दार्जिलिङको  एमएफसी दार्जिलिङ र सिक्कीमको ग्यान्टोक सीटी फुटबल क्लबले सहभागिता गनाएका छन् । आयोजकको माइभ्याली फुटबल क्लबले सहभागीता जनाउँने छ ।
प्रतियोगीताको विजेताले आठलाख नगद र ट्रफि पाउने छ उपविजेताले ६ लाख र प्रत्येक खेलको म्यानअफद म्याचल र म्यानअफद टुर्नामेन्टले पुरस्कार पाउने  आयोजकले जानकारी गराए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता