माइभ्याली गोल्डकपको सम्पूर्ण तयारी पूरा, उद्घाटन खेलमा नागाल्याण्ड र रुपन्देही भिड्दै

इलाम, १४ फागुन । इलाममा विहीबारदेखि सुरु हुने माइभ्याली गोल्डकपको सम्पूर्ण तयारी पूरा भएको छ ।
नेपालकै चर्चित फुटबल प्रतियोगिता मध्येको एक माइभ्याली गोल्डकपको छैटौँ संस्करण यहि फागुन १५ गते (भोलि) देखि २४गतेसम्म हुनेछ । नेपाली सेनाको स्वामित्वमा रहेको इलामको ठूलो टुँडिखेलमा हुने यसप्रतियोगिताको लागि आयोजक माइभ्याली फुटबल क्लबले खेल मैदानको मर्मत तथा अस्थायी पाराफिट बनाउने काम सम्पन्न गरेको छ ।
इलामको खेल इतिहासमा गर्विलो स्थान ओगट्न सफल २०७१ सालबाट सुरु भएको माइभ्याली गोल्डकपमा देशको ‘ए’ डिभिजनका टिमहरु तथा विदेशी टिमहरुले प्रतिष्पर्धा गर्दै आएका छन् ।
छैटौं संस्करणमा पनि नेपाल तथा भारतका राम्रा टिमहरुले प्रतिस्पर्धा गर्ने भएका छन् । जसको लागि सम्पूर्ण तयरी पूरा भइसकेको माइभ्याली फुटबल क्लबका अध्यक्ष धिरेन चेम्जोङले बताउनुभयो ।

माइभ्यालीको तेस्रो संस्करणमा खेल मैदानले नै धेरै दर्शक तथा खेलप्रेमीलाई लोभ्याएको थियो । खेलाडीहरुले पनि खेल मैदानको तारिफ गरेका थिए ।
अहिले खेल मैदान राम्रो नभएपनि देश विदेशका स्तरीय टिमहरुको प्रतिस्पर्धा हेर्नका लागि उत्साहित भएको इलामबासीहरु बताउँछन् ।यो वर्षको माइभ्याली गोल्डकप हेर्नका लागि आफू निकै उत्साहित रहेको इलाम नगरपालिकाका दीपेन्द्र चापागाईं बताउनु हुन्छ ।
भोलिदेखि सुरु हुन लागेको प्रतियोगिताका खेलाडी टिमहरु पनि इलाम आइसकेका छन् । भोलि उद्घाटन कार्यक्रमपछि भारत नागाल्याण्डको कोइमा इगल र नेपालको गोर्खा ब्वाइज रुपन्देहीबीचको पहिलो खेल हुनेछ ।

प्रतियोगितामा नेपालका‘ए’ तीन वटा क्लबहरु (मछिन्द्र क्लब काठमाण्डौँ, नेपाल आर्मी क्लब, संकटा क्लब काठमाडौं) र अन्य नेपाली क्लबहरु गोर्खा ब्वाइज रुपन्देही र झापाको झापा ११ रहेका छन् ।
विदेशी टिममा भने भारतको नागाल्याण्डको कोइमा इगल फुटबल क्लब, कोलकत्ताको मोहमर्डन स्पोर्टिङ क्लब,दार्जिलिङको एमएफसी दार्जिलिङ र सिक्किमको ग्यान्टोक सिटी फुटबल क्लबबीचको रोमाञ्चक खेल हेर्न इलामवासीले हेर्न पाउने भएका छन् । त्यस्तै, यस प्रतियोगितामा आयोजकको माइभ्याली फुटबल क्लबले पनि सहभागिता जनाउनेछ ।
विजेताले आठ लाख नगद र ट्रफी पाउने छ । त्यस्तै, उपविजेताले ६लाख र प्रत्येक खेलको म्यान अफद म्याच र म्यानअफद टुर्नामेन्टले पुरस्कार पाउने आयोजकले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता